Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
फाष्ट ट्र्याक निर्माणकालागि कस्सियो सरकार, योजना आयोगका उपाध्यक्षको नेतृत्वमा कार्यदल – Gaule Khabar

फाष्ट ट्र्याक निर्माणकालागि कस्सियो सरकार, योजना आयोगका उपाध्यक्षको नेतृत्वमा कार्यदल

फाष्ट ट्र्याक निर्माणकालागि कस्सियो सरकार, योजना आयोगका उपाध्यक्षको नेतृत्वमा कार्यदल
काठमाडौं,पुस ७-
सरकारले काठमाडौँ–तराई फाष्ट ट्र्याक निर्माणकालागि पूर्वाधार अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ।

सरकार आफैँले फाष्ट ट्र्याक बनाउने यसअघिको घोषणाको कार्यान्वयन अघि बढाउन बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गरेको हो। भारतीय कम्पनीले यसअघि बनाएको विस्तृत परियोजना प्रतिवेदनलाई उपयोग गर्न सकिने/नसकिने, वित्तीय स्रोत व्यवस्थापन कसरी खोजी गर्ने भन्नेबारे एक महिनाभित्र सुझाव दिने म्यान्डेट कार्यदललाई दिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।

बैठकले प्रदेशक  निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त विधेयक तयार गर्न पनि सैद्धान्तिक सहमति दिएको छ। ‘प्रदेशमा कर्मचारीतन्त्र कस्तो हुन्छ भन्ने मोडालिटी यो बिधेयकले तयार पार्नेछ’ कार्कीले भने।

बैठकले नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा रोबसकुसुम सुवेदी र काठमाडौँ उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्षमा प्रमोदकुमार वैद्यलाई नियुक्त गरेको छ।
भूकम्पपछिको पुनःनिर्माणमा खटिएका इञ्जिनियले सेवा सुविधा कम भएको भन्दै दिएको सामूहिक राजीनामाबारे पनि सरकारले वार्ता मार्फत समस्या समाधान गर्ने उनले जानकारी दिए। बैठकले राष्ट्रिय फुटबल टिमलाई कुल ७५ लाख रुपैयाँ पुरस्कार दिने निर्णय पनि गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका