Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सभासद् चन्द बैतडीमा स्वास्थ्य बिमा गर्ने पहिलो व्यक्ति – Gaule Khabar

सभासद् चन्द बैतडीमा स्वास्थ्य बिमा गर्ने पहिलो व्यक्ति

सभासद् चन्द बैतडीमा स्वास्थ्य बिमा गर्ने पहिलो व्यक्ति

बैतडी, पुस ७ –

जिल्लामा स्वास्थ्य बिमा गर्ने पहिलो व्यक्ति नेपाली काँग्रेसका नेता तथा बैतडी क्षेत्र नं २ का सांसद नरबहादुर चन्द बन्नुभएको छ ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले आजदेखि सुरु गरेको सो बिमा दर्ता शुभारम्भका क्रममा उहाँले आफ्नै बिमा गराउनुभएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक गुणराज अवस्थीले जानकारी दिनुभयो ।

सांसद चन्दले सबैमा स्वास्थ्य बिमा गर्न आग्रह पनि गर्नुभएको छ ।

डा लोहनीले गरिब नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन स्वास्थ्य बिमा ल्याइएको बताउनुभयो ।

कैलाली, बागलुङ र इलाममा सञ्चालन गरिएको यो कार्यक्रम सुदूरपश्चिमका बैतडी र अछामसहित २५ जिल्लामा विस्तार गरिने उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्य बिमाका लागि पाँचजनाको परिवारले रु दुई हजार ५०० जम्मा गर्नुपर्ने र एक वर्षसम्म रु ५० हजार बराबरको उपचार निःशुल्क हुने व्यवस्था छ तर पाँचजनाभन्दा बढी परिवारका सदस्य भए रु४२५ का दरले थप शुल्क तिर्नुपर्ने छ ।
जिल्लामा स्वास्थ्य बिमा सञ्चालनका लागि ७० जना दर्ता कर्मचारी छनोट गरिएको र उनीहरुले प्रत्येकको घरदैलोमा गएर यसबारे जानकारी गराएर सदस्यता वितरण गर्ने आयोजक संस्थाले जनाएको छ । पुस महिनाभरि दर्ता भएकाहरुले फागुनदेखि स्वास्थ्य बिमा सेवा पाउने भएका छन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका