Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपाली टेलिकमबाट पीडित भएको भन्दै दिल्लीमा आमरण अनसन – Gaule Khabar

नेपाली टेलिकमबाट पीडित भएको भन्दै दिल्लीमा आमरण अनसन

नेपाली टेलिकमबाट पीडित भएको भन्दै दिल्लीमा आमरण अनसन

काठमाडौं, पुस ७ –

दार्चुलासँग सीमा जोडिएको भारतीय क्षेत्र धार्चुलामा भारतीय टेलिकमको पहुँच बिस्तारको माग गर्दै उत्तराखण्ड जंगल बिकास प्राधिकरणका प्रमुख तथा पूर्व बिधानसभा सदस्य हरिस धामीले दिल्लीको जन्तरमन्तरमा आमरण अनसन सुरु गरेका छन् ।

नेपाल-चीन र भारतको संयुक्त सीमाक्षेत्र धार्चुलामा भारतीय टेलिफोनको पहुँच नपुगेको र नेपाली टेलिकमका फोन प्रयोग गर्दा चर्को रोमिङ चार्जबाट पीडित हुनुपनेको भन्दै धामीले आमरण अनसन सुरु गरेका हुन् । धार्चुलाका ८० प्रतिशत भारतीय जनताले नेपाली टेलिकमको सेवा प्रयोग गर्न बाध्य छन् ।

उनले आफू र आफ्ना क्षेत्रका जनतालाई परेको समस्याबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठ्ठी पनि लेखेका छन् । प्रधानमन्त्रीबाट चित्तबुझ्दो जवाफ नआएसम्म आमरण अनसन जारी राख्ने उनले बताएका छन् ।

उनले प्रधानमन्त्री मोदीलाई लेखेको पत्रमा भनिएको छ, ‘धार्चुलामा उचित दूरसञ्चार सुविधाको कमीका कारण स्थानीय बासिन्दाले नेपालमा आधारित दूरसञ्चार कम्पनीको सिमकार्ड प्रयोग गरिरहेका छन् र उनीहरुले अन्तर्राष्ट्रिय रोमिङ शुल्क चुकाइरहेका छद्धन् । मुन्सीयारी तेहसिल, बाङपानी र तेजामक्षेत्रका अधिकांश मानिसहरु भारतीय दूरसञ्चार कम्पनीको पहुँचभन्दा टाढा छन् ।

‘त्यस क्षेत्रका मानिसहरुले थुपै्रपटक मोवाइल टावरको माग गरेका थिए तर अहिलेसम्म पाउन सकेका छैनन् । दूरसञ्चार सुविधा नभएका कारण मानिसहरुले बैंक, एटिएम तथा ग्यास बुकिङको काममा सास्ती व्यहोर्नुपरेको छ ।’ पत्रमा भनिएको छ ।

‘मैले बिभिन्न स्तरमा यो मुद्धा उठाएको थिएँ । मूख्यमन्त्री हरिस रावत, राज्यका आइटी सचिव दीपक कुमार हुँदै गृह मन्त्रालय, सूचना मन्त्रालय तथा भारत सञ्चार निगमका मुख्य महाप्रवन्धकलाई पनि यसबारे जानकारी दिँदा उनीहरुबाट कुनै काम भएन जुन यहाँका जनताले अपेक्षा राखेका छन् ।’ पत्रमा उल्लेख छ ।

धामीले प्रधानमन्त्री नरेन्द्र मोदीले क्यासलेस, ई-वालेट र डिजिटल इण्डियाको कुरा गरिरहँदा सीमा क्षेत्रका आफ्ना नागरिकले मोवाइल फोनको प्रयोग गर्नसमेत नपाएकोमा उनको ध्यानाकर्षण गराएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका