Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
लालपुर्जा सिरानीमा, जग्गा अर्कैको नाममा कीर्ते गरी फरार एक जना पक्राउ – Gaule Khabar

लालपुर्जा सिरानीमा, जग्गा अर्कैको नाममा कीर्ते गरी फरार एक जना पक्राउ

लालपुर्जा सिरानीमा, जग्गा अर्कैको नाममा कीर्ते गरी फरार एक जना पक्राउ

दिपेन्द्र अधिकारी

चितवन,पुस ७-

लालपुर्जा तपाइँको हातमा होला । तर, लालपुर्जाको नक्कल लिई कतै दुई नम्बरी धन्दा गर्नेले तपाइँको जग्गा भित्रभित्रै बेचिरहको त छैन ? लालपुर्जामा हातमै छ भनेर ढुक्क नहुँदा हुन्छ, किनकी जग्गा कतै मालपात कार्यालयमा भित्रभित्रै कागज मिलाएर तेस्रो पक्षले बेचिदिन पनि सक्छन् । बितेको एक हप्तामा चितवनमा २ वटा यस्ता घटना भएका छन् । मालपोत कार्यालयमा कीर्ते काम गरी जग्गा किनबेच गर्नेको चहलपहल बढेको छ ।

हिजो बुधबारमात्रै मालपोत कार्यालयमा माडी कल्याणपुरको १ बिघा जग्गा किनबेचमा एउटा गिरोह मालपोत पस्यो । तर, कर्मचारीले जग्गा किनबेचमा आशंका राखी दुईवटा प्रश्न सोध्ने बित्तिकै ती व्यक्ति फरार भए । कर्मचारी उनलाई खोज्न थाले तर मालपोतको भीड छिचोल्दै ती व्यक्ति छिन भरमै मालपोतबाट बाहिरिए ।

‘झण्डै साढे २ करोड पर्ने जग्गा भूमाफियाले बेच्ने तरखर गरेको रैछ’, मालपोत कार्यालय भरतपुरका प्रमुख मालपोत अधिकृत दिवाकर पौडेलले भने,‘धन्न बेलैमा कर्मचारीले शंका गरेछन् र ठूलो घटना हुनबाट जोगियो ।’ घटना भएलगत्तै प्रहरीलाई खवर गरिएको बताए । प्रहरीले सम्बन्धित व्यक्तिको खोजी भइरहेको जनाएको छ । मालपोत कार्यालयमै रहने गरी प्रहरी खटाउनुपर्ने अवस्था आएको प्रमुख पौडेलले बताए । जग्गा किनबेच गर्दा बेच्ने भन्दा किन्ने पक्ष बढी चलाख हुनुपर्ने देखिएको छ ।

कसैलाई बढी विश्वास गर्दा पनि धन गुमाउने समस्या देखिने मालपोत अधिकृतहरु बताउँछन् । आफ्नो नाममा भएको जग्गा बेचिदिनु भनेर अरुलाई विश्वासमा कागजपत्र दिने र त्यसको दुरूपयोग गरी फाइदा लिने गरेको उनीहरु बताउँछन् ।

उनका अनुसार यसै हप्ता मात्र चितवनस्थित दारेचोक गाविसको एउटा जग्गा असम्बन्धित व्यक्तिले आफ्नो नाममा पार्नका लागि मालपोत आएकी थिइन् । ‘शंका लागेर गाविस सचिवलाई सोध्यौं, उनले भनेको जग्गा धनी र मालपोत आउने व्यक्ति फरक थियो,’ मालपोत कार्यालयका सूचना अधिकारी मालपोत अधिकृत हरिकृष्ण सुवेदीले बताए ।

सम्बन्धित जग्गाधनीलाई खवर गरेपछि जग्गा धनी मालपोत आएर जग्गा आफ्नो नाममा भएको किटान गरेर गएका छन् । ‘जग्गा धनीहरुले आफ्नो नाममा जग्गा छदैँछ, लालपुर्जा आफैसँग छ भनेर ढुक्क नभए हुन्छ, अधिकृत सुवेदीले भने,‘आफ्नो सम्पत्ति कहाँ, के, कस्तो अवस्थामा छ भनेर समयसमयमा खोजीनीति हुनु आवश्यक छ ।’

लालपुर्जाको नक्कल, हस्ताक्षर चोरी, फोटो संकलनलगायतबाट गिरोहले जग्गा धनीले थाहा नै नपाई बेच्ने गरेका छन् । मालपोत कार्यालयमा दैनिक सयौंको भीडभाडले गर्दा हरेक कागजपत्र सुक्ष्म तरिकाले रूजु गर्न नसकिने हुँदा यस्तो मौका छोपी गिरोहले फाइदा लुट्ने गरेको अधिकृत सुवेदीले बताए ।

हुनत चितवनमा अर्काको नाममा रहेको जग्गा भित्रभित्रै कागज मिलाएर बिक्री वितरण गरेको यो नौलो घटना होइन । जग्गा कीर्ते गरी बेचेको आरोपमा हाल एक जना फरार अभियुक्तलाई पक्राउ गरी चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका वास्तविक नाम चिरञ्जीवी भूर्तेल र नक्कली नाम कमल बस्नेत रहेका छन् । बछौलीमा रहेको जग्गा कीर्ते गरेको अभियोगमा फरार रहेका उनी गत हप्तामात्रै काभ्रेबाटै पक्राउ गरी हाल चितवन प्रहरीले म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको चितवन प्रहरी प्रमुख दीपक थापाले बताए ।चितवन पोष्ट दैनिकवाट साभार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका