Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
वनकालीमा चक्कु हानेर युवकको हत्या, अर्का एक घाइते – Gaule Khabar

वनकालीमा चक्कु हानेर युवकको हत्या, अर्का एक घाइते

वनकालीमा चक्कु हानेर युवकको हत्या, अर्का एक घाइते

काठमाडौं, पुस ७ –

पशुपति वनकाली क्षेत्रमा चक्कु हानेर युवकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

बुधबार साँझ युवाहरुको समूहले झगडाका क्रममा सोनाम तामाङ र विजय गुरुङमाथि चक्कु प्रहार भएको थियो । घटनामा घाइते भएका १९ वर्षीय सोनामको उपचारका क्रममा केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनसरी धरानका उनी बालाजुमा बस्दै आएका थिए । घटनामा १८ वर्षका विजय गुरुङ घाइते भएका छन् ।

उनको टाउको र कोखमा चोट लागेको छ र अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।

प्रहरीका अनुसार सोनाम र विजयको समूहले कुटेका युवाहरुले बदला भावले उनीहरुमाथि चक्कु हानेका थिए । घटनामा संलग्न भएकाहरुको खोजी भइरहेको गौशला प्रहरीका डीएसपी नवराज कार्कीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका