Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बर्दियामा बसको ठक्करबाट पाटे बाघको मृत्यु – Gaule Khabar

बर्दियामा बसको ठक्करबाट पाटे बाघको मृत्यु

बर्दियामा बसको ठक्करबाट पाटे बाघको मृत्यु

बर्दिया,पुस ७-

पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा यात्रु बसको ठक्करबाट एक पाटे बाघको मृत्यु भएको छ ।कर्णाली अम्रेनी सडकखण्डमा ना ४ ख २८८७ नम्बरको बसले बुधबार साँझ ठक्कर दिँदा बयस्क भाले पाटे बाघको मृत्यु भएको हो ।

बाटो क्रस गर्न लागेको बाघलाई कैलालीको अत्तरीयाबाट काठमाडौं जाँदै गरेको बसले ठक्कर दिएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन रमेश थापाका अनुसार बाघको घटनास्थलमै मृत्यु भएको थियो । बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए ।

बाघले चितुवालाई लखेट्दै आएको र चितुवाले बाटो क्रस गरे पनि बाघ भने बसमा ठोक्किएको बयान चालकले दिएको वार्डेन थापाले जानकारी दिए ।गत वर्षको गणनाअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ५६ वटा बयस्क पाटेबाघ छन् । चालु आर्थिक वर्षमा राजमार्ग दुर्घटनामा पाटे बाघ मरेको यो पहिलो घटना हो तर चित्तल, जरायो, बँदेल, दुम्सी, खरायो लगायतका जनावर भने २५ वटा मरिसकेको वार्डेन थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका