Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक ४ घण्टा बन्द – Gaule Khabar

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक ४ घण्टा बन्द

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक ४ घण्टा बन्द

काठमाडौं, पुस ७ –

सडक विस्तारका लागि बिहीबारदेखि नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चारघण्टा बन्द गरिँदैछ ।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यो सडकखण्डमा गाडी नचल्ने नारायणगढ–मुग्लिन सडकखण्ड आयोजनाका सूचना अधिकृत शिव खनालले जानकारी दिनुभयो । दैनिक चार घण्टा सडक बन्द हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

यो सडकखण्ड हुँदै पूर्व जाने साना गाडी काठमाण्डूको बल्खु, दक्षिणकाली सडकखण्ड हुँदै हेटाैडा निस्कन सक्नेछन् भने यात्रुबाहक बस र ट्रक ट्याङकरले विपी राजमार्ग तथा बाइरोडको बाटो  प्रयोग गर्न सक्नेछन् ।

काठमाडौं, भक्तपुर, बनेपा हुँदै बर्दिवास निस्कने विपी राजमार्ग र नागढुंगा नौबिसे हुँदै बाइरोडको बाटो प्रयोग गर्न सक्ने नारायणघाट मुग्लिन सडकखण्ड आयोजनाका सूचना अधिकृत शिव खनालले बताउनुभयो । यस्तै पश्चिचम जाने/आउने गाडीले मुग्लिनबाट पोखरा–स्याङजा–वालिङ हुँदै बुटवल निस्केर गन्तव्यमा पुग्न सक्नेछन् ।

15542030_10209929778338733_841298737904827975_n

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका