Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
उद्योगको सुरक्षाका लागि प्रतिवद्ध छुः प्रजिअ भट्ट – Gaule Khabar

उद्योगको सुरक्षाका लागि प्रतिवद्ध छुः प्रजिअ भट्ट

उद्योगको सुरक्षाका लागि प्रतिवद्ध छुः प्रजिअ भट्ट

चितवन, पुस ६–

चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद भट्टले जिल्लाका उद्योगहरुको सृुरक्षामा कुृनै कमी आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
चितवन उद्योग संघले आज (बुधबार) भरतपुरमा गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भट्टले यस्तो बताउनुभएको हो । उहाँले चितवनमा फस्टाउँदै गएको उद्योगको सुरक्षाका लागि ढुक्क भएर बस्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“उद्योगी व्यवसायीहरुको मूख्य समस्या चन्दा आतंक हो, म यस्तो अवस्था आउनै दिन्न ।” प्रजिअ भट्टले जिल्लाका उद्योगीहरुसंग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरुलाई आत्मनिर्भर तर्फ अघि बढ्नु पर्ने सुझाव दिनुभयो । प्रजिअ भट्टले आफूलाई स्वागत गरिएकोमा खुशी व्यक्त गर्दै स्वागत सम्मानले थप आफ्नो लागि चुनौती थपिएको बताउनुभयो । उहाँले उद्योगीहरुले नराम्रो कामहरु गरे कारवाहीका लागि पछि नहट्ने समेत बताउनुभयो ।

15657947_1466849676699027_617394270_o
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दीपक थापाले चितवनका उद्योगीहरुको हरेक समस्यामा साथ दिने प्रतिवद्धता जनाउनुभयो । उहाँले राम्रो कामको सदैव साथ र सहयोग गर्ने भन्दै सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले जिल्लाको शान्ति सुरक्षा कायम गर्नका लागि पनि उद्योगी व्यवसायीहरुको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला अनुसन्धानका उपनिर्देशक अच्युत पन्त, सहकारी डिभिजन कार्यालय भरतपुरका प्राचार्य रेवतीरमण पोखरेलले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा चारै जना प्रमुखहरुलाई संघका अध्यक्ष भीमबहादुर पाण्डेले मायाको चिनो र पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो ।

15658735_1466850226698972_1473237874_o
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष एवंम नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले चितवन उद्योग संघले निर्माण गर्न लागेको औद्योगिक प्रदर्शनी केन्द्र र समग्र चितवनका औद्योगिक क्षेत्र र उद्योगीहरुको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संघका अध्यक्ष भीमबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका