Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संवाद मञ्च चितवनको संयोजकमा प्रेम गैरे – Gaule Khabar

संवाद मञ्च चितवनको संयोजकमा प्रेम गैरे

संवाद मञ्च चितवनको संयोजकमा प्रेम गैरे

चितवन, पुस ६–

संवाद मञ्च चितवनको संयोजकमा प्रेमप्रसाद गैरै चयन भएका छन् । भरतपुरमा सम्पन्न मञ्चको बैठकले गैरेलाई संयोजकमा चयन गरेको हो ।
डेढ वर्षअघि स्थानीय विवादका क्षेत्रहरु र सम्बन्धित क्षेत्रका विवादको अध्ययन, संवाद र समाधानमा पहल गर्ने उद्देश्यले प्रा.डा. ईश्वरीराज लौडारीको संयोजकत्वमा मञ्चको गठन गरिएको थियो । मञ्चमा संयोजकको पदावधि ६ महिना रहने व्यवस्था छ । लौडारीपछि मञ्चको संयोजकमा रमाकान्त सापकोटा र बालकृष्ण पौडेल भए । पौडेलले बुधबार नयाँ संयोजक गैरेलाई पद हस्तान्तरण गर्दै कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरे । यसैगरी मञ्चको सहसंयोजकमा सूर्य बराललाई जिम्मेवारी दिइएको छ ।
चितवन जिल्लाका राजनीतिक दलहरुले सिफारिस गरेका सम्बन्धित विषयगत विधाका विज्ञ एवम् सामाजिक अध्येताहरुको सहभागितामा मञ्चको गठन गरिएको हो । जसमा स्थानीय शान्ति समिति चितवनका संयोजक, चितवन जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष र नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्षलाई समेत पदेन सदस्य राखिएको छ ।
संवाद मञ्च चितवनले अध्ययन, संवाद र समाधानमा पहल गर्ने उद्देश्यले विज्ञ तथा सहजकर्ता समूह निर्माण गर्ने निर्देशिका तयार पारिसकेको छ । कार्यक्रममा स्थानीय शान्ति समिति चितवनका संयोजक पुष्पकमलल सुवेदीले विगतमा सम्वाद मञ्चले तय गरेका कार्यक्रमले पूर्व सूचनाका आधारमा चितवनका केही विवादलाई समाधान गर्न मद्दत गरेको बताए । शान्ति समिति र संवाद मञ्चको उद्देश्य समान भएकाले औपचारिक/अनौपचारिक तवरबाट संयुक्त रुपले कार्यक्रम निर्धारण गर्न सकिने उनले बताए ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष एवम् मञ्चका सचिव हरिप्रसाद पोखरेलले हालसम्मका गतिविधिले मञ्चलाई सबैका सामु परिचित गराउने काम गरेकाले अबका दिनमा सामाजिक सद्भाव प्रवद्र्धन गर्न तथा शान्तिपूर्ण, सुसंस्कृत र सभ्य समाज निर्माणका लागि यसको भूमिका झनै अपरिहार्य रहेको बिचार व्यक्त गरे ।
मानवअधिकार सञ्जाल चितवनका संयोजक विनोदखण्ड तिमल्सेनाले सबैको भावना समेट्ने खालको चिनारीका लागि सम्वाद मञ्चलाई नागरिक समाजको सशक्त संगठन बनाउनुपर्ने बताए ।
कार्यक्रममा चितवन जिल्ला अदालत बार एशोसियसन चितवनका अध्यक्ष गोपिलाल देवकोटा, मञ्चका पूर्व संयोजक प्रा.डा. ईश्वरीराज लौडारी, रमाकान्त सापकोटालगायतका सदस्यहरुले विवादसँग सम्बन्धित पक्षहरुका चित्त बुझ्ने शर्तमा मञ्चले समाधान खोज्नुपर्ने बताए ।
कार्यक्रममा नवनियुक्त संयोजक प्रेमप्रसाद गैरेले प्रकटित विवाद सुल्झाउन द्वन्द्व व्यवस्थापनका प्रचलित अध्यासहरु र समन्वयको बाटो अवलम्बन गर्न संवाद मञ्चले भूमिका प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका