काठमाडौं ,पुस ६ –
सरकारले साउदी अरेबियामा नेपाली कामदारलाई समयमै तलव भुक्तानी नगर्ने २६ कम्पनीहरुलाई ‘ब्ल्याकलिष्ट’ मा राखेको छ ।
साउदीमा नेपाली कामदारले अलपत्र पर्ने क्रम झन बढ्दै गएपछि श्रम तथा रोजगार मन्त्रालयले साउदीमा नेपाली कादारले बढी दुःख पाएका कम्पनीहरुलाई कालो सूचीमा राखेको हो ।
कालोसूचीमा परेका कम्पनीमा नेपाली म्यानपावरले कामदार पठाउन पाउने छैनन् । सरकारले ति कम्पनीमा जान कामदारलाई श्रम स्वीकृति पनि नदिने वैदेशिक रोजगार विभागकी प्रवक्ता रमा भट्टराइले जानकारी दिइन् ।
‘कामदार अलपत्र पर्दा पनि फिर्ता पठाउन पनि असहयोग गर्नेहरुलाई कालोसूचीमा राखेका हौं । यस्ता कम्पनीमा अब कामदार पठाउन हुँदैन भनेर यो निर्णय भएको हो’ भट्टराईले भनिन् ।
अहिले सबैभ्न्दा धेरै कालोसूचीमा मलेसियाका कम्पनीहरु छन् । यसअघि साउदीका २ वटा कम्पनीमात्रै यो सूचीमा थिए । अब यो संख्या २८ पुगेको छ ।
अहिले रियादस्थित नेपाली दूतावासले नेपालीलाई बारम्बार समस्या भएकाले कालोसूचीमा राख्नुपर्ने कम्पनीको विवरण तयार गरिरहेको छ । त्यो सूची प्राप्त हुनासाथ थप कम्पनीमा नेपाली पठाउन बन्द गरिने प्रवक्ता भट्टराईले जानकारी दिइन् ।
कति अलपत्र रु
साउदीमा पुगेपछि एजेन्टहरुले धेरै कादारलाई जोखिमपूर्ण र अप्ठेरो काममा लगाउने क्रम निकै बढ्दो छ । कतिले त काम पाएका छैनन् भने कतिलाई अलपत्र छाडेर एजेन्ट नै भागिरहेका छन् ।
नेपाली म्यानपावरले पनि आफूले पठाएका कामदारको कुनै गुनासो सुन्दैन । साउदीमा पछिल्लो समयमा कामदारलाई साउदीमा भनेजति तलब नदिने मात्रै होइन, समयमै तलव नदिने ठूलो समस्या छ ।
अहिले साउदीका खराब कम्पनीमा कार्यरत १ हजारभन्दा बढी नेपाली कामदार अलपत्र छन् । सरकारलाई औपचारिक उद्धारको अपील गरे उनीहरुलाई सरकारले चासोसम्म देखाएको छैन ।
केही समययाता साउदीको वैदेशिक रोजगारीमा संकट छ । विशेष गरेर निर्माण र सप्लाइ रिक्रुटमेन्टहरुमा ठूलो समस्या छ ।
कुन(कुन कम्पनीमा लाग्यो प्रतिवन्ध ) –