Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मिर्गौला पीडित बानियाँलाई प्रवासी युवा मञ्चको आर्थिक सहयोग – Gaule Khabar

मिर्गौला पीडित बानियाँलाई प्रवासी युवा मञ्चको आर्थिक सहयोग

मिर्गौला पीडित बानियाँलाई प्रवासी युवा मञ्चको आर्थिक सहयोग

चितवन,पुस ६-

दुवै मिर्गौला फेल भएका चण्डिभञ्ज्याङ-९, पैरेनीका २० बर्षीय रुद्रबहादुर बानियाँलाई ‘चण्डिभञ्ज्याङ- दोहा, कतार सम्पर्क मञ्च’ले आर्थिक सहयोग गरेको छ ।

मञ्चले चण्डिभञ्ज्याङ गाविसका सह-सचिव लक्ष्मण चेपाङको प्रमुख आतिथ्य एवं प्रवासी युवा मञ्च चण्डिभञ्ज्याङ्ग -दोहा, कतार मञ्चका अध्यक्ष वीरबहादुर गुरुङको सभापतित्वमा पीडित बानियाँलाई ५१ हजार ४ सय २५ रुपैयाँ आर्थिक सहयोग गरेको हो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, पीडितका आफन्त, स्थानीय एवं संचारकर्मीहरुको उपस्थिति र थियो ।

छोराको राष्ट्रिय मृगौला केन्द्र काठमाण्डौमा डायलासिस गराइरेको र डक्टरले दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएको पीडितका बुबा गोविन्दबहादुर बानियाँले जानकारी दिए ।छोराको उपचारको लागि धेरै रकमको आवश्यक परेको तर आफ्नो आर्थिक अवस्था कमजोर भएको हुँदा आर्थिक सहयोगको लागि याचना गरेको बताए ।

उनले छोराको उपाचार खर्च संकलनको लागि आँबुखैरेनीमा रहेको एपेक्स डेभलोप्मेन्ट बैंकमा श्रीमतीको नाममा खाता खोलेको र कसैले सहयोग गर्न चाहेमा रुपकुमारीको नाममा रहेको ००७१०७०००६३७२४०००००१ नम्बरको खातामा रकम जम्मा गरिनिदको लागि आग्रहसमेत गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका