Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विधेयक फिर्ताको अडान नछाड्ने प्रतिपक्षको निस्कर्ष, अप्ठेरोमा प्रचण्ड – Gaule Khabar

विधेयक फिर्ताको अडान नछाड्ने प्रतिपक्षको निस्कर्ष, अप्ठेरोमा प्रचण्ड

विधेयक फिर्ताको अडान नछाड्ने प्रतिपक्षको निस्कर्ष, अप्ठेरोमा प्रचण्ड

काठमाडौं,पुस ६-

सरकारले संसद सुचारु गर्ने बारेमा सत्ताधारी र विपक्षी दलबीच संवाद जारी रहेको बताएपनि संसदको अवरोध हट्न सकेको छैन ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सहमतीय राजनीतिकका लागि संविधान संसोधन विधेयक फिर्ताको अडान नछोड्ने भएको छ । संसोधन प्रस्ताव फिर्ता नभएसम्म संसद चल्न नदिने अडानका साथ आन्दोलनलाई संसद बाहिर पनि लैजाने तयारी गरेको छ ।

एमाले उपाध्यक्ष भीम रावलले संसोधन प्रस्ताव अघि बढाउन लायक नभएको टिप्पणी गरे । तत्कालिन प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्षबीचको सहमति अनुसार अहिलेको संसोधन विधेयक आएको सत्ताधारी दलले तर्क गर्दै आए पनि उपाध्यक्ष रावलले त्यतिबेलाको सहमति अनुसार संविधान संसोधन भइसकेको दावी गरे ।

सरकरले भने संसोधन प्रस्ताव फिर्ता नलिने बताएको छ । सबै विषय प्याकेजमा अगाडी बढाउन तयार रहेको तर संशोधन प्रस्ताव नलिने प्रधानन्मत्री पुष्पकमल दाहाल प्रचण्डले बताइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका