WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJhz2XwUZ4Ljt4Y4beBSh6Zc2gOs.x0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 13:11:54', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,मंसिर ६-
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले उपत्यका बन्दको घोषणा गरेको छ ।मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै विप्लव माओवादीले सरकारले पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धि तत्काल फिर्ता लिनुपर्ने माग राख्दै पुस ७ गते उपत्यका बन्दको घोषणा गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको कारण भनिए पनि विगतमा लिइएको चर्को मूल्यको तुलनामा नेपालमा अझै पेट्रोलियम पदार्थको मुल्य घटाउनुपर्ने विप्लव माओवादीको माग छ ।
एकैचोटी भारी मात्रामा मूल्य वृद्धि गर्नु पर्ने कुनै कारण नभएको भन्दै यसरी मूल्य वृद्धि गरिनु आयल निगमले गर्दै आएको घोटाला, राज्य संञ्चालकहरुले गर्दै आएको भ्रष्टचार र कालोबजारीलाई टेवा पुगेको भन्दै आन्दोलन गर्न बाध्य बनाईएको विज्ञप्तीमा बताइएको छ ।
विज्ञप्तिमा पुस ६ गते आज ९ देखि १० बजेसम्म एक घण्टा चक्काजाम गर्ने कुरा पनि उल्लेख छ ।