WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bm9UMyQbKaz181ube7lr2125O1wqDW1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 00:44:26', '', 'admlnlx', 'admlnlx')
पोखरा,पुस ६-
पोखराको एक दैनिक पत्रिकामा मोडल आश्यकता भएको विज्ञापन प्रकाशित भयो । विज्ञापनका आधारमा पोखरा लामाचौरकी एक युवतीले फोन गरिन् । उनलाई पुष्कर खड्का भन्ने मानिसले अन्तरवार्ताका लागि भन्दै पोखराको होटल सन्तोषीमा बोलाएर ३ तोला ५० लाल सुनका गहना, आईफोन र १२ हजार रुपैयाँ लुटपाट गरे ।
यो त एक प्रतिनिसिध घटना मात्रै हो । खड्काले विभिन्न समयखण्डमा पोखरा र काठमाडौंमा यस्तो प्रकृतिको धन्दा गर्दै आएको खुलेको छ । काठमाडौंको पुतलीसडकस्थित होटल तिरुपती, सुन्धारास्थित न्यू सोनी गेष्ट हाउस, पोखराको निलकमल र होटल सन्तोषीमा युवतीलाई बोलाएर खड्काले लुटपाट गरेको प्रमाण प्रहरीले फेला पारेको छ ।
खड्काले मोडल बनाइदिन्छु भन्दै युवतीलाई बोलाएर धनसम्पत्तिसँगै अस्मिता पनि लुटेको पाइएको प्रहरीले वताएको छ । खड्काले युवतीलाई बन्धक बनाएको राख्ने गरेको वताइएको छ ।
अहिले खड्कालाई काठमाडौं प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।