Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जनजाति महासंघको अध्यक्षमा जगत बराम निर्वाचित (मतपरिणामसहित) – Gaule Khabar

जनजाति महासंघको अध्यक्षमा जगत बराम निर्वाचित (मतपरिणामसहित)

जनजाति महासंघको अध्यक्षमा जगत बराम निर्वाचित (मतपरिणामसहित)

चितवन, पुस ६–

चितवनको नारायणगढमा भएको नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा जगत बराम निर्वाचित हुनु भएको छ । गयराती भएको निर्वाचनमा कुल ३१ मतका साथ बराम अध्यक्षमा निर्वाचित हुनु भएको हो । अध्यक्षका प्रत्यासी सूर्य भुजेलले २३ मत प्राप्त गरे । अध्यक्षमा विजयी बराम नेपाली काँग्रेस निकट मानिन्छन् । उनलाई माओवादी, संघीय समाजवादी फोरमलगायतका निकट जनजातिहरुको समर्थन रहेको थियो । भुजेल भने एमाले निकटका मानिन्छन् ।
यस्तै उपाध्यक्षमा खुल्ला तर्फ किरण सुनुवार (३३),  गोविन्द छन्त्याल (२८), लोकबहादुर दुरा (२७), गणेशलाल थकाली (२६), नविन रोका मगर (२६), सोनाम लामा वालुङ (२४), श्यामप्रसाद मण्डल (२३) र महिला उपाध्यक्षमा कृष्णकुमारी शेरचन (३६) मतका साथ विजयी हुनुभएको छ । महिलासहित ८ उपाध्यक्षका लागि १६ जनाको उम्मेदवारी परेको थियो ।

यसैगरि महासंघमा महासचिवमा नित्यानन्द ताजपुरिया (३७) मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्धन्द्धी टासी ह्याल्मो (१५) मत मात्रै ल्याए ।
यसैगरि पाँच जना सचिवमा आङ पासाङ शेर्पा (३२), गोपाल माझी (२६), दानसिंह राउटे (२२), सुखवीर थानी (२१), राजकुमार बोटे (२०) मत ल्याई विजयी हुनुभयो । सचिव पदमा ९ जनाको उम्मेदवारी परेको थियो ।
महिला सचिवहरुमा श्रतिमाया कुमाल (३९), शान्तिदेवी धिमाल (३५),  सकुमती राजवंशी (३३),  लाक्पा हिले शेर्पा (३०) मत प्राप्त गरि विजयी हुनुभयो ।
त्यसैगरि कोषाध्यक्षमा मुकुन्द बहादुर पहारी (३८) मतका साथ विजयी हुनुभयो । उहाँका निकटम प्रतिद्धन्द्ध प्रेमीलाल प्रसाद चौधरी (१५) मत मात्रै प्राप्त गर्नुभयो ।
निर्वाचनमा कुल ५६ मध्ये ५४ मत मात्रै खसेको थियो । निर्वाचित कार्यसमितिलाई विहानै सपथ ग्रहण गराईएको निर्वाचन समितिका मनोज घर्ती मगरले जानकारी दिनुभयो । यसपटक विधान संशोधनगरि १३ सदस्यीय समितिलाई १९ सदस्यीय बनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका