Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
यस्ता छन् चितवन हात्ती महोत्सव आकर्षणहरु – Gaule Khabar

यस्ता छन् चितवन हात्ती महोत्सव आकर्षणहरु

यस्ता छन् चितवन हात्ती महोत्सव आकर्षणहरु

चितवन,पुस ५-

समाज, संरक्षण र सम्वृद्धिु भन्ने नाराका साथ १३ ‍औं चरणको चितवन हात्ती महोत्सव हुने भएको छ। यहि पौष ११ देखी १५ गतेसम्म चितवनको सौराहामा हात्ती महोत्सव गर्न लागिएको हो। सन् २००४ देखी यो महोत्सव निरन्तर रुपमा भइरहेको छ।

क्षेत्रीय होटेल संघ चितवनको आयोजनामा हुन लागेको महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटन प्रर्बद्धन गर्दै लोप हुँदै गएको हात्तीहरुको संरक्षण र यसको महत्ववारे जानकारी दिन बन्यजन्तु संरक्षणमाएकजुट तथा समाजमा जनचेतना अभिबृद्धि गर्नु महोत्सवको मुख्य उदेश्य रहेको संघका अध्यक्ष सुमन घिमिरेल बताए।

महोत्सवलाई हात्तीमैत्री बनाउने र सोहिअनुसार महोत्सवको ढाँचा परिवर्तन हुदै गएको आयोजकले जनाएको छ। गत बर्षदेखी हात्तीको पिकनिकको सुरुवात गरेको महोत्सवमा यसपालि पनि निरन्तरता दिइने भएको छ।

स्थापनाकालदेखि आयोजना हुँदै आएको हात्ती दौड प्रतियोगितालाई गएको बर्षदेखि परिमार्जित गर्दै ुइलाफेन्ट फास्ट वाकुको रुपमा परिणत गरेको थियो। यो प्रतियोगितामा लस्काइको दुरी घटाएर एकसय २० मिटरमात्र राखिएको आयोजकले जनाएको छ।

के के छन् आकर्षणहरु
चितवनको बाघमारा मध्यवर्ती सामुदायकि वनको चौर सौराहामा हुन लागेको महोत्सवको विशेष आकर्षणको रुपमा हात्तीका छावाहरुको फुटवल हुने बताइएको छ।

त्यस्तै हात्तीवनभोजको कार्यक्रम, हात्तीपोलो, हात्तीश्रंगार, हात्ती फास्ट वाक प्रतियोगिता र हात्ती सुन्दरी प्रतियोगिता हुने भएको छ। त्यस्तै गाडा दौड र डुङ्गा दौड प्रतियोगिताका साथै राष्ट्रिय तथा स्थानीय कलाकारको साँस्कृतिक कार्यक्रम रहेको आयोजकले जनाएको छ।

हात्ती सम्वन्धि विभिन्न खेलकालागि ६३ जनाको सहभागिता रहनेछ। हात्ती फास्ट वाक प्रतियोगितामा २०, हात्तीपोलोमा चार, हात्तीको छावाहरुको रोचक फुटवल प्रतियोगिताकालागि चार, हात्तीको श्रंगार प्रतियोगिताका लागि पाँच, गाडा दौड प्रतियोगिताका लागि २० र डुङ्गा दौड प्रतियोगिताकालागि १० को संङ्ख्यामा हात्ती सहभागि रहने जनाइएको छ।

महोत्सवमा उत्कृष्ट कार्य गरी वन र वन्यजन्तु संरक्षणमा विशेष योगदान दिनेलाई पुरष्कृत गरिने जनाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका