Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
हत्याका अभियुक्त पक्राउ – Gaule Khabar

हत्याका अभियुक्त पक्राउ

हत्याका अभियुक्त पक्राउ

भद्रपुर,पुस ५ –

झापाको जलथल–२ स्थित रणकालीन सामुदायिक वनमा दाउरा लिन गएकी सोही गाविस–३ निवासी ३२ वर्षीया अनिता मेचेको हत्या आरोपमा पक्राउ परेका तीनजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

मङ्सिर २७ गते दिनको ४ बजे जङ्गलमा सिकार गर्न गएका सिकारीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर मेचे घाइते भएको र उपचारार्थ ओमसाई हस्पिटल भद्रपुर ल्याउँदै गर्दा उहाँको बाटैमा मृत्यु भएको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा जङ्गलमा सिकार गर्न गएका भद्रपुर नगरपालिका–२ निवासी १८ वर्षीय तिखु भन्ने विशाल योङहाङ्ग, सोही स्थान बन्ने ३२ वर्षीय सुमन भन्ने सुकनन्द लिम्बू र २० वर्षीय कालु भन्ने किरण लिम्बूलाई प्रहरीले पक्राउ गरेको थियो । गोली चलाउने विशाल योङहाङ्ग रहेको र अन्य दुईजनाले सहयोगीका रुपमा काम गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

उनीहरुविरुद्ध चोरी–सिकारी र कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका