बुटवल,पुस ५-
युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गाप्रसाद तिवारीको सोमबार दिउँसो गोली हानी हत्या भएको प्रति नेपाली कांग्रेस रुपन्देही निन्दा एवं भ्रत्सना गरेको छ ।नेपाली कांग्रेस रुपन्देहीका सभापति अव्दुल रज्जाकले मंगलबार एक विज्ञप्ती जारी गरि आक्रमण प्रति खेद व्यक्त गर्दै घटनामा संलग्न उपर कडा भन्दा कडा सजायको समेत माग गरेका छन् ।
उनले दिवंगत आत्माको चिरशान्ति तथा परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले गहिरो अनुसन्धान गरि अपराधी पत्ता लगाउन तथा उसलाई चाँडो भन्दा चाँडो कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासन समक्ष माग गरेका छन भने मृतकका परिवारजनमा धैर्यता अपनाउन समेत आग्रह गरेका छन् ।
रज्जाकले जारी विज्ञप्तीमा अपराध नियन्त्रण नहुँदा सम्म यस्ता घटना भईरहने भएकाले अपराध नियन्त्रणकालागि संयमताका साथ सबैको चासो र चिन्तन आवश्यक रहेको उल्लेख गरेका छन । ।