Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सात गतेभित्र सहमति हुन्छ, संसदको गतिरोध पनि हट्छः मन्त्री पाण्डे – Gaule Khabar

सात गतेभित्र सहमति हुन्छ, संसदको गतिरोध पनि हट्छः मन्त्री पाण्डे

सात गतेभित्र सहमति हुन्छ, संसदको गतिरोध पनि हट्छः मन्त्री पाण्डे

काठमाडौं, पुस ५ –

स्थानीय विकासमन्त्री हितराज पाण्डेले सात गतेभित्र दलहरुबीच संविधान संशोधनमा सहमति हुने र संसदको गतिरोध पनि हट्ने दाबी गरेका छन् । उनले सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारी थालेको पनि बताए ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री पाण्डेले भने, ‘संसद अवरोध खुलाउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहल गरिरहनुभएको छ, सभामुखले पनि पहल गरिरहनुभएको छ । तीन दलको बैठकलाई विचार गर्दा पनि ७ गते विहानसम्म सहमति हुन्छ भन्ने विश्वास छ ।’

सभामुख ओनसरी घर्तीले सोमबार आह्वान गरेको शीर्ष बैठकमा दुई दिनभित्रै सहमतिमा पुग्ने सहमति भएको नेताहरुले बताएका थिए ।

मन्त्री पाण्डले भने भने, ‘सरकारले पहिले स्थानीय तहकै निर्वाचन गर्छ, स्थानीय तह पुनर्संरचना आयोगले रिपोर्ट दिनेबित्तिकै हामी निर्वाचनको तयारीमा जुट्छौं । सहमतिमा पुग्ने बित्तिकै हामी त्यसलाई अघि बढाउँछौं ।’

उनले नेकपा एमालेसहितका प्रतिपक्षी दलहरुले संसद अवरोध गरेका कारण निर्वाचनसम्बन्धी विधेयक तथा ऐनहरु पनि संसदमा टेबुल हुन नपाएको गुनासो गरे ।

साक्षात्कारमा मन्त्री पाण्डेले संविधान कार्यान्वयनको लागि पनि आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको निर्वाचन सम्पन्न गर्ने सरकारको तयारी रहेको बताए । उनले सरकारले सकेसम्म चैतभित्रै स्थानीय तहको निर्वाचन गर्ने लक्ष्य लिएको बताए । उनले आयोगले दिएको रिपोर्ट सरकारले बुझ्ने समेत स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका