Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सकियो दोस्रो चितवन मत्स्य महोत्सव – Gaule Khabar

सकियो दोस्रो चितवन मत्स्य महोत्सव

सकियो दोस्रो चितवन मत्स्य महोत्सव

चितवन, पुस ५–

चितवनको भरतपुरस्थित औद्योगिक प्रदर्शनी केन्द्र मैदानमा भएको दोस्रो चितवन मत्स्य महोत्सव–२०७३ आज (मंगलबार) सकिएको छ ।
आज एक औपचारिक समारोहकाबीच मत्स्य महोत्सवको समापन गरिएको हो । नेपाल मत्स्य व्यवसायी संघ र जिल्ला कृषि विकास कार्यालय भरतपुरको संयुक्त आयोजनामा भएको महोत्सवको समापन समारोहका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले चितवन माछामा पनि अब्बल जिल्ला बनेकोले अब देशलाई माछामा पनि आत्मनिर्भर बनाउन तर्फ अघि बढ्नुपर्ने जोड दिनुभयो । उहाँले माछाले सबैलाई फाईदा पुग्ने भन्दै यसको परिकारको बारेमा आमउपभोक्ता जानकारी गराउनुपर्ने बताउनुभयो । उहाँले माछाको परिकार बनाउन र उपभोग गर्ने तरिका बारे विभिन्न तालिमहरु समेत आयोजा गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी भट्टले यस महोत्सवले माछा उपभोगको बारेमा सकरात्मक सन्देश दिएको बताउनुभयो ।
कार्यक्रममा मत्स्य विकास निर्देशनालयका वरिष्ट मत्स्य अधिकृत नारायणी गिरी, नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष अम्बिका अधिकारी, चितवन उद्योग संघका भीमबहादुर पाण्डेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
समापन समारोहमा महोत्सवका सदस्य सचिव लुलाराज तामाङले महोत्सवको उपलब्धिका बारेमा जानकारी गरानुभएको थियो । कार्यक्रममा सचिवालय सदस्य नारायण शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यस्तै आज अन्तिम दिन विविध साँस्कृतिक कार्यक्रमहरु पनि भएका छन् । आज चर्चित गायक रमेशराज भट्टराई, डान्सर विनु खड्का, गायिका सम्झना भण्डारी, गायक दीपक खड्कालगायतले प्रस्तती रहेको साँस्कृतिक संयोजक हरिप्रसाद अर्यालले जानकारी दिनुभयो ।

विभिन्न व्यक्तिलाई सम्मान

दोस्रो चितवन मत्स्य महोत्सव–२०७३ को समापन समारोहका अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । सो क्रममा संचार क्षेत्रबाट माछाको प्रवद्र्धनमा योगदान पुराएको भन्दै नागरिक दैनिकका चितवन संवाददाता रमेशकुमार पौडेललाई सम्मान गरिएको छ । उहाँलाई प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सम्मान पत्रले सम्मान गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका