Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मत्स्य महोत्सवमा २० लाखको कारोबार, ३५ हजारले अवलोकन गरे – Gaule Khabar

मत्स्य महोत्सवमा २० लाखको कारोबार, ३५ हजारले अवलोकन गरे

मत्स्य महोत्सवमा २० लाखको कारोबार, ३५ हजारले अवलोकन गरे

चितवन, पुस ५–

चितवनको भरतपुरमा पाँच दिनसम्म चलेको दोस्रो चितवन मत्सय महोत्सव–२०७३ मा २० लाखको कारोबार भएको छ ।
आज महोत्सवको अन्तिम दिन सम्ममा कुल २० लाख रुपैयाँ बराबरको कारोबार भएको महोत्सवका सदस्य सचिव लुलाराज तामाङले जानकारी दिनुभयो । उहाँले महोत्सवमा राखिएका माछाका स्टल र थारु परिकारलगायतका खानेकुरा र अन्य माछाको उपकरणगरि सो रकम बराबरको कारोबार भएको जानकारी दिनुभयो ।
यस्तै महोत्सवको कुल ३५ हजार दर्शकले अवलोकन गरेको सदस्य सचिव तामाङले जानकारी दिनुभयो । उहाँले टिकट, सहुलियत, निःशुल्क पास तथा संघका केन्द्र तथा जिल्लाका पदाधिकारी, प्रदर्शकहरुका पाहुनागरि ३५ हजार दर्शकले अवलोकन गरेको जानकारी दिनुभयो । अवलोकन कर्ताहरुले माछा पालन, बजारीकरण तथा उपभोगसम्मको जानकारी पाएको आएको विश्वास व्यक्त गरेको छ ।
महोत्सवमा प्रविधि मेसीनरी उपकरणहरु, विषयगत सरकारी कार्यालय, माछाको खाना परिकार साथै, थारु खानाको परिकारको रेष्टुरेण्ट, जिउँदो माछाको विक्री केन्द्र, सूचना संचार, वित्तिय संस्था, दाना, औषधि तथा मत्स्य फर्मगरि कुल ४० वटा स्टलहरु रहेको थियो । यस महोत्सवबाट स्थानीयहरुले माछा उपभोग गर्ने , बनाउने तरिकाको बारेमा विषयमा भरपुर जानकारी पाएको महोत्सव मुलसमारोह समितिका संयोजक रमेश पाण्डेले जानकारी दिनुभयो । महोत्सव पुस १ गतेदेखि ५ गतेसम्म चलेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका