Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
थारु भिलेजमा स्वास्थ्य केन्द्र, उपचार सेवादेखि वातावरण संरक्षणसम्म – Gaule Khabar

थारु भिलेजमा स्वास्थ्य केन्द्र, उपचार सेवादेखि वातावरण संरक्षणसम्म

थारु भिलेजमा स्वास्थ्य केन्द्र, उपचार सेवादेखि वातावरण संरक्षणसम्म

परासी,पुस ५-

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका मुसहर तथा थारु समुदायहरुलाई उपचारको सहारा बनेको छ अमलाटारी सामुदायिक स्वास्थ्य केन्द्र ।पुर्वपश्चिम राजमार्गबाट ७ किलोमिटर भित्र मध्यवर्ति क्षेत्रमा सरकारले प्रदान गर्ने स्वास्थ्य सेवाबाट टाढा रहेको मुसहर, थारु तथा बाटो समुदायहरुले सो सामुदायिक स्वास्थय केन्द्रबाट नै सेवा लिदै आएका छन् ।

हाल थारु भिलेजले परिचित कावासोती वाड नं। १५ बाघखोर अमलटारीमा कुनैपनि स्वास्थय चौकी छैन । डब्लुडब्लुएफ, परिवार नियोजन संघको र अमलटारी मध्यवर्ति उपभोक्ता समितिको सहयोगमा सन २०१३ मा उक्त स्वास्थ्य केन्द्र स्थापना भएको थियो ।

यस स्वास्थ्य केन्द्रबाट स्वास्थय परिक्षण, औषधि वितरण, गर्भवति परिक्षण, भेक्सिन, सुतकेरी चेकजाँच, यौन तथा प्रजनन स्वास्थ्य परिक्षण र निशुल्क रुपमा परिवार नियोजन संघका अस्थायि साधान, औषधिहरु वितरण गरिने गरिन्छ ।साविक अग्यौली गाविसको बाघखोर, अमलटारी, मुसहरटोल, शेरगंज, खोकीतुम्भी लगायत क्षेत्रका गरि दिनहुँ १० देखि १२ जना विरामी सेवा लिन आउने गरेको क्लिनिक संचालिका अनमी हेमा महतोले जानकारी दिईन् ।

अनमी हेमाले, चितवन राष्ट्रिय निकुन्ज नारायणी नदी वारी क्षेत्रमा पिछडिएका थारु, मुसहर, माझी,बोटो र विपन्न परिवारहरुका लागि यो स्वास्थ्य केन्द्र नै सहारा बनेको बताईन् ।डब्लु डब्लु एफले स्वास्थ्य केन्द्रको भौतिक पुर्वाधारहरुको निर्माण गरेको छ भने परिवार नियोज संघले केन्द्र सञ्चालनका लागि कर्मचारी एवं औषधीहरु उपलब्ध गराएको एफपिएनका प्रवन्धक राजेश शाक्यले बताए । त्यति मात्र हैन स्वास्थय केन्द्र मार्फत सो क्षेत्रमा बनजन्तु संरक्षण तथा वातावरण समेत जोगाउन पहल गरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका