Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कालिका कन्स्ट्रक्सनसित घुस माग्ने आयल निगमका क्षेत्रीय प्रबन्धक निलम्बनमा – Gaule Khabar

कालिका कन्स्ट्रक्सनसित घुस माग्ने आयल निगमका क्षेत्रीय प्रबन्धक निलम्बनमा

कालिका कन्स्ट्रक्सनसित घुस माग्ने आयल निगमका क्षेत्रीय प्रबन्धक निलम्बनमा

विराटनगर,पुस ५-

बहालवाला मन्त्रीसितै घुस मागेपछि नेपाल आयल निगमका क्षेत्रीय प्रबन्धक दिनेश यादवलाई आपूर्ति मन्त्रालयले निलम्बन गरेको छ ।

भूमिसुधार मन्त्री विक्रम पाण्डेको कम्पनी कालिका कन्स्ट्रक्सनसित प्रबन्धक यादवले घुस मागेपछि उनी निलम्बनमा परेका हुन् ।मध्यपहाडी लोकमार्गको ठेक्का पाएरको कालिका कन्स्ट्रक्सनसित प्रबन्धक यादवले डिजलमा प्रति लिटर दुई रुपैयाँ घुस मागेको निगम स्रोतले जानकारी दियो।

‘मध्यपहाडी लोकमार्गका लागि सरकारले छ महिनाको नाकाबन्दीका बेला पनि उच्च प्राथमिकतामा राखेर पेट्रोलियम पदार्थ उपलब्ध गराएको थियो’, स्रोतले भन्यो, ‘निगमको विराटनगरस्थित क्षेत्रीय कार्यालयमा दुई महिनाअघि सरुवा भएर आएका यादवले कालिकासित नै घुस मागेका छन् ।’यसअघि भने कालिकाले निगमका पदाधिकारीलाई प्रति लिटर ५० पैसा घुस दिने गरेको पनि स्रोतले जनायो ।

सहसचिव श्रेष्ठको संयोजकत्वमा छानबिन हुँदै

निगमका एक उच्च अधिकारीका अनुसार विराटनगर डिपोमा भएको अनियमितता छानबिन गर्न आपूर्ति मन्त्रालयले सहसचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा टोली गठन गरेको छ ।टोलीमा निगमका विजय सत्यालसमेत छन् ।टोली हाल धनगढीमा कार्यरत छ, अर्को हप्ता पूर्वाञ्चल आउनेछ– स्रोतले भन्यो ।

अझै क्वार्टरमै यादव

सरकारले निलम्बन गरे पनि प्रबन्धक यादव निगमकै क्वार्टर ओगटेर बसेका छन् । निलम्बित अवस्थामा उनले यसरी क्वार्टरको प्रयोग गर्न मिल्दैन।निगमका महाप्रबन्धक गोपालबहादुर खड्का यादवको निलम्बन फुकुवा गर्ने र आपूर्ति मन्त्री दीपक बोहरा कारबाही गरेरै छाड्ने पक्षमा रहेकोले उनी विराटनगरमा बसिरहेका छन्।

अनियमितताका खेलाडी

यादव आयल निगमभित्र अनियमितता गर्ने प्रमुख खेलाडीको रुपमा लिइन्छ। यादव झण्डै आठ वर्षअघि अमलेखगञ्ज डिपोमा अनियमितताको आरोपमा निलम्बनमा परेका थिए।

निगमको नोक्सानी बढी देखाएर तेल बिक्री गरेको आरोपमा उनलाई निलम्बन गरेको थियो। तात्कालिन समयमा छानविन समिति समेत बनाएर निगमलाई साढे चार करोड रुपैयाँ नोक्सानी पुर्याएको ठहर गरिएको थियो। अख्तियार दुरुपयोग अनु्सन्धान आयोगले समेत अनुसन्धान गरेको यो मुद्धा किनारा नलाग्दै यादवलाई आर्कषक डिपोमा सरुवा गरिदै आएको थियो।

आपूर्ति मन्त्री बोहोराकै दबाबमा उनलाई केही वर्ष भैरहवाको डिपो प्रमुखमा सरुवा गरिएको थियो। निगम स्रोतका अनुसार सुनीलबहादुर थापा बाणिज्य तथा आपूर्तिमन्त्री हुँदा बोहोराको दबाबमा यादवलाई भैरहवा डिपो प्रमुखको रुपमा सरुवा गरिएको थियो।

भारतको अघोषित नाकाबन्दीको समयमा अनियमितताको आरोपमा निगमको केन्द्रीय कार्यालयमा यादवलाई तानिएको थियो। उनीलाई केही समय जिम्मेवारी नदिएपनि कार्यकारी निर्देशक खड्काको निगाहामा यादवलाई विराटनगर सरुवा गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका