Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनको क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग – Gaule Khabar

चितवनको क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग

चितवनको क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग

चितवन,पुस ५ –

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अस्तव्यस्त बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले सञ्चालक समितिका अध्यक्ष र कार्यकारी निर्देशकसंग स्पष्टीकरण माग गरेको छ ।

मन्त्रालयको टोलीले अस्पतालको अनुगमन गरेर प्रतिवेदन पेस गरेपछि स्वास्थ्य मन्त्री गगन थापाले सञ्चालक समिति अध्यक्ष डा प्रकाशराज न्यौपाने र कार्यकारी निर्देशक डा चीनबहादुर पुनलाई तीनदिनभित्र लिखित जवाफ दिन स्पष्टीकरण माग गर्नुभएको हो ।

मन्त्रालयका चिकित्सा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेका अनुसार आर्थिक अनियमितता गरेको, प्रशासन चुस्त दुरुस्त नभएको, विकिरणयुक्त फोहर व्यवस्थापन नगरिएको, कार्यालय समयभित्र चिकित्सक र कर्मचारीले बाहिर काम गरेको जस्ता कुरा स्पष्टीकरणमा सोधिएको छ । अस्पतालको रु ३० करोडभन्दा बढी बेरुजुसमेत देखाइएको बुझिएको छ ।

यसअघि मङ्सिर २८ गतेको सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयको अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख डा दीपेन्द्ररमण सिंहको नेतृत्वमा चार सदस्यीय छानबिन टोलीले सो अस्पतालमा अनुगमन गरी मन्त्री समक्ष प्रतिवेदन बुझाएको थियो ।

अस्पतालका समूहगत रुपमा बाँडिएका कर्मचारीसँग सो टोलीले छुट्टाछुट्टै र सामुहिक छलफल गरी अस्पतालको यथार्थ अवस्थाबारे जानकारी लिएको थियो ।अस्पताल सञ्चालक समितिको बैठक गत चैत २४ गतेयता बसेको छैन । अस्पतालको ऐनमा अध्यक्ष र छ जना सदस्य नेपाल सरकारले नियुक्ति गर्ने प्रावधान छ ।

यसअघि नियुक्त भएका अध्यक्ष मन्त्रिपरिषद् र छ जना सदस्य मन्त्रिस्तरीय निर्णयबाट भएकामा सर्वाेच्च अदालतले नेपाल सरकार भनेको मन्त्रिपरिषद् भन्ने व्याख्या गरेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियुक्ति खारेज गर्न निर्देशन दिएपछि सञ्चालक सदस्य रिक्त भइ बैठक बस्न नसक्दा अस्पताल व्यवस्थापन कठिन भएको अध्यक्ष न्यौपानेले स्वीकार्नुभयो ।

स्पष्टीकरणको जवाफ भोलिसम्ममा बुझाउने उहाँले बताउनुभयो । कार्यकारी निर्देशक पुन पनि जवाफ बुझाउन काठमाडौँ जानु भएको छ । सञ्चालक समितिको बैठक नबस्दा अस्पतालको बजेट अनुमोदन नभएपनि आर्थिक नियमावली मिचेर पाँच महिनामा रु १४ करोड खर्च भइसकेको लेखा शाखाले जनाएको छ ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका