चितवन, पुस २–
नेपाल आदिवासी जनजाति महासंघको नयाँ नेतृत्व चयनका लागि शनिबारदेखि चितवनमा नवौं राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।
महाधिवेशन सुरु हुनुअघि विहान नारायणगढस्थित पुलचोकबाट वृहत झाँकीसहितको र्याली निकालिएको थियो । र्यालीमा हजारौंको सहभागिता रहेको थियो । र्यालीमा हिड्ने काम मात्रै भएन आफ्नो प्रस्तुती समेत देखाए । युवायुवतीहरु आफ्नो भेषभुषामा उपस्थित हुँदा निकै झकिझकाउ माहोल बनेको थियो । हाम्रा सहकर्मी नेत्र गुरुङले यही महाधिवेशनका र्यालीदेखि उद्घाटन सत्रका विभिन्न तरिकाले कैद गरेका छन् ।