WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BfEro4FSpHXFM/Xr8z/WfwCdNeJMvT1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 14:35:30', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस २-
उज्यालो नेपाल अभियानले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको समर्थनमा काठमाडौंमा र्याली निकालेको छ। काठमाडौंलाई लोडसेडिङ मुक्त बनाउने कुलमानको अभियानमा साथ दिन र्याली निकालिएको सहभागिहरुले बताए। भ्रष्टचारको जालो तोड्दै लोडसेडिङको अन्त्य गरौ, कमिसनको चलखेलबाट प्राधिकरणलाई मुक्त पारौ, हामी कुलमानको साथमा, हामी उज्यालोको साथमा लगायतका नारा र्यालीमा सहभागीहरुले लगाए।
भृकुटीमण्डपमा भेला भएका सर्वसाधरण नागरिकसहितको र्याली सहिदगेट सुन्धारा हुदै खुल्लामन्चमा पुगेर कोणसभामा परिणत भएको थियो। खुलामन्चमा भएको कार्यक्रममा कलाकारहरुले सांगितिक प्रस्तुति पेश गरेका थिए। लोक गायिका इन्दिरा गोले गुरुङ, सानु वाइवा लगायतले लोडसेडिङ मुक्त अभियानमा साथ दिन कुलमान जस्ता कुशल कर्मचारीलाई समर्थन गर्नुपर्ने बताए।