चितवन, पुस २-
नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्टिय महाधिवेशन आज (शनिबार)देखि चितवनमा सुरु हुँदैछ ।
आज दिउँसो १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले महाधिवेशनको समुद्घाटन गर्ने कार्यक्रम रहेको महासंघका अध्यक्ष नगेन्द ्रकुमालले जानकारी दिनुभयो । उद्घाटन सत्र भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसको मैदानमा हुनेछ । उद्घाटन सत्रअघि नारायणगढस्थिल पुलचोकबाट झाँकीसहितको र्यालि निकालिने स्थानीय आयोजक नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्व्य परिषद् चितवनका अध्यक्ष पदमबहादुर गुरुङले जानकारी दिनुभयो ।
महाधिवेशनमा सहभागीता जनाउन आउने आगन्तुक पाहुनाहरुका लागि नारायणगढको पोखराबस पार्क क्षेत्रका होटलहरु बुकिङ गरिएको छ । आवाश व्यवस्थापन देखि सुरक्षाको व्यवस्थापन समेत पुरा भएको जनजाति महासंघका महासचिव पेम्वा भोटेले जानकारी दिनुभयो । उहाँका अनुसार यो पटक २२ वटा विदेश शाखा, ७१ वटा जिल्ला समन्वय परिषद र ६५ वटा महासंघमा आवद्ध जातिय संस्थाबाट ४ सय २२ जना प्रतिनिधि, पर्यवेक्षकहरु महाधिवेशनमा सहभागी हुँदैछन् ।
वीरेन्द्र वहुमुखी क्याम्पसको परिसरमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र भने नारायणगढकै नारायणी कला मन्दीरमा आयोजना गरिने महासंघका उपाध्यक्ष एवम प्रचार प्रशार समितिका संयोजक डन्डु शेर्पाले जानकारी दिनुभयो । यो पटकको महाधिवेशनले महासंघको विधान संशोधन सँगै तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । यसअघिको विधानमा १३ सदस्यीय सचिवालय सदस्य रहने व्यवस्था थियो । त्यसलाई संशोधन गरेर संघीयताकै खाकामा १९ सदस्यीय बनाउने तयारी भएको महासंघले जनाएको छ । पौष २ गतेदेखि पौष ४ गते सम्म चितवनमा महाधिवेशन चल्नेछ । महाधिवेशनमा महासंघको विद्यान संशोधन सँगै महासंघको भावि योजना र जनजाति आन्दोलनका उपलव्धीको विषयमा समेत छलफल हुने छ । छलफलबाट निस्कीएको निश्कर्षपछि चितवन घोषणा पत्र जारी गर्दै महाधिवेशन सकिनेछ ।