WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BO17vQQcwqUO1TzjjiEANJKwHqmZDE1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 13:17:55', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस १ –
नेपाली कांग्रेसका नेता डा. रामशरण महतले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई थाँती राखेर स्थानीय चुनाव गर्नुपर्ने बताएका छन् ।
उनले संसद अवरुद्ध गरेर एमालेले गल्ती गरेको बताए । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा डा. महतले भने, ‘एमालेले गल्ती गरिरहेको छ, संशोधन प्रस्तावमाथि प्रतिपक्षी दलले छलफल र्नै गर्न नदिनु बेठीक हो ।’
एमालेले भनेजस्तो संशोधन प्रस्ताव फिर्ता लिनु उचित नहुने भन्दै उनले भने, ‘संसदको गतिरोध अन्त्यका लागि संशोधन प्रस्तावलाई थाँती राखेर अन्य अति आवश्यक ऐन/कानूनहरुलाई अघि बढाउनुपर्छ, चुनावको मिति घोषणा गर्नुपर्छ ।’
स्थानीय तहको पुननर्संरचनामा हतार गर्न नहुने बताए । पुरानै संरचनामा चुनाव गर्नु पर्ने भन्दै उनले भनेे, ‘बरु केही समय लागेपनि लागोस्, विज्ञहरुलाई लिएर काम गर्नुपर्छ ।’
कांग्रेस नेता डा. महतले एमालेले भनेजस्तो अहिले नै केन्दि्रय संसदको चुनाव गर्न नहुने जिकिर गरे । महतले भने, ‘अहिले समय बाँकी छ, ०७४ माघ ७ गतेसम्म तीन वटै निकायको निर्वाचन गर्नुपर्ने भएकोलेसमय बाँकी छ ।’